मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
नेपालबहस संवाददाता
साउन ११, २०७९ बुधबार १६:५७:३७
११ साउन, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन् ।
अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ८०८७ नंको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा६७प २८९२ नंको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
सो घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा घाइते भएको प्रहरीले जनाएको छ । यसैबीच यही साउन ४ गते रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका–९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मङ्गलबार फेला परेको छ ।
लामालाई भैँसी चराएर घर फर्कने क्रममा खोलाले बगाएको थियो । शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार
सुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
पुष २२, २०८१ सोमबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार