कैलालीमा एक हजार ६३२ जनाले एआरटी सेवा लिँदै
नेपालबहस संवाददाता
साउन ११, २०७९ बुधबार १७:४६:२४
♦दुर्गा देवकोटा
११ साउन, टीकापुर । कैलालीमा एचआइभी संक्रमितले लिँदै आएको एआरटी सेवा लिनेको संख्या बढेको छ । यस वर्ष कैलालीमा एआरटी सेवा लिनेको संख्या एक हजार ६३२ रहेको छ ।
कैलालीमा अघिल्लो वर्षभन्दा यस वर्ष एआरटी सेवा लिने एचआइभी संक्रमितको संख्या बढेको छ । एआरटी सेवा लिनेहरु बर्सेनि बढ्दै गएका बताइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा कैलालीमा तीन ठाउँबाट एआरटी सेवा लिनेको संख्या एक हजार ५६० रहेको थियो । आव २०७८÷७९ मा यो संख्या बढेर एक हजार ६३२ पुगेको छ ।
अघिल्लो वर्षको तुलनामा ७२ जना थपिएका हुन् । टीकापुर अस्पतालमा सञ्चालित एआरटी सेन्टरबाट ५४८ जना एचआइभी संक्रमितले सेवा लिइरहेका छन् । सेवा लिइरहेकामध्ये २५ जना १४ वर्ष मुनिका बालबालिका र अन्य वयस्क नागरिक रहेका छन् । अघिल्लो आव २०७७÷७८ को असार मसान्तसम्म ५२७ जनाले टीकापुर अस्पतालबाट एआरटी सेवा लिइरहेका थिए । एक वर्षको अवधिमा २१ जना नयाँ एचआइभी संक्रमितले सेवा सुरु गरेको तथ्यांक छ ।
टीकापुर अस्पतालमा २०६४ सालबाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म ९३८ जना एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । उनीहरूमध्ये १५९ जनाको मृत्यु भएको, १६४ जना यहाँबाट बाहिर गएका, ६७ जनाले औषधि खान छाडेको र ५४८ जनाले अहिले पनि सेवा लिइरहेका टीकापुर एआरटी सेन्टरका काउन्सिलर सोफिया विकले जानकारी दिए ।
“कोही बसाइँसराइ गरी गएर पनि छाडेका छन्, बसाइँ सरी गएकालाई गएको ठाउँबाट सेवा लिन भनेका छौँ”, उनले भने, “हामीकहाँ नियमित सेवा लिने हुन्, उनीहरूको सहजताका लागि संक्रमितको अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले पनि सघाइहका छन् ।”
मालाखेती एआरटी सेन्टरमा ९८ एचआइभी संक्रमितले सेवा लिइरहेका छन् । मालाखेती अस्पतालमा विसं २०७४ बाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म ११४ एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । उनीहरुमध्ये तीन जनाको मृत्यु भएको, चार सम्पर्क बाहिर रहेका, नौ त्यहाँबाट बाहिर गए भने ९८ जनाले अहिले पनि सेवा लिइरहेका मालाखेती एआरटी सेन्टरका काउन्सिलर राजेन्द्र मल्लले जानकारी दिए ।
अघिल्लो आव २०७७÷७८ को असार मसान्तसम्म ९२ जना मात्र सम्पर्कमा रहेकामा एक वर्षको अवधिमा २२ नयाँ संक्रमित सम्पर्कमा आएसँगै अहिले जम्मा सम्पर्कमा आएका संक्रमितको संख्या ११४ पुगेको काउन्सिलर मल्लले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा संचालित एआरटी सेन्टरबाट गएको असार मसान्तसम्म ९८६ जनाले एआरटी सेवा लिइरहेका छन् । अघिल्लो आवको असार मसान्तसम्म ९५३ जनाले सेवा लिइरहेका थिए ।
यो तथ्यांक हेर्दा सेती प्रादेशिक अस्पताल धनगढीबाट एआरटी सेवा लिने एचआइभी संक्रमित एक वर्षको अवधिमा ३३ जना थपिएका छन् । सेती प्रादेशिक अस्पतालमा विसं २०६३ बाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म दुई हजार २३७ एचआइभी संक्रमित सम्पर्कमा आएका र अहिले पनि ९८६ जनाले नियमित औषधि सेवन गरिरहेका अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
कैलालीको टीकापुर अस्पताल, मालाखेती अस्पताल र सेती प्रादेशिक अस्पताल धनगढीमा रहेका एआरटी सेन्टरले एचआइभी संक्रमितको रगत परीक्षण, उनीहरुलाई निःशुल्क औषधि प्रदान, स्वास्थ्य जाँच, मनोपरामर्शलगायतका सेवा प्रदान गर्दै आइरहेका छन् ।
एचआइभी संक्रमितलाई स्वास्थ्य बीमामार्फत सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको स्वास्थ्य संस्था प्रमुख बताउँछन् । यसका साथै केही पालिकाले उनीहरुको पोषणमा सघाउन आर्थिक सहयोगसमेत गर्दै आएका छन् । कैलालीको टीकापुर नगरपालिकाले संक्रमितलाई पोषणका लागि हरेक वर्ष वार्षिक रु पाँच हजार रकम उपलब्ध गराउने गरेको छ । यसका साथै संक्रमितका बालबालिकालाई निःशुल्क शिक्षा, छात्रवृत्ति र प्राविधिक शिक्षा अध्ययनका लागि सघाउने गरेको पालिकाले जनाएको छ ।
संक्रमितको अधिकारका क्षेत्रमा क्रियाशील नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारी संक्रमितका बालबालिकालाई घरको जिम्मेवारीको भार बढिरहेकाले उनीहरुलाई सघाउन आवश्यक रहेको बताउछन् । “बालबालिकालाई शिक्षामा प्राथमिकता दिनुका साथै आयआर्जन नभएकाले सहयोग आवश्यक छ”, उनले भने, “नियमित औषधि सेवन गर्दा पोषिलो खानेकुरा पनि चाहिन्छ, संक्रमितलाई पोषणको अभाव छ ।” रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार