पृथ्वी स्मारक क्षेत्रमा नेपाली सेनाबाट नयाँ संरचना निर्माण
नेपालबहस संवाददाता
साउन ११, २०७९ बुधबार १८:१०:४०
११ साउन, त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको पृथ्वी स्मारक क्षेत्रमा नेपाली सेनामार्फत निर्माण गरिएको नयाँ संरचनाको मंगलबार उद्घाटन तथा पत्र हस्तान्तरण गरिएको छ । पृथ्वी स्मारक क्षेत्रमा आयोजित कार्यक्रममा नेपाली सेनाका मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले नेपाली सेनामार्फत निर्माण गरेको नयाँ संरचनाको उद्घाटन पश्चात पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्दलाल चित्रकारलाई पत्र हस्तान्तरण गरे ।
जबरजंग गण देवीघाटको व्यवस्थापनमा पृथ्वी स्मारकको संरक्षणका लागि पर्खाल, बार, शालिकमा रङरोगन, विश्रामस्थल र शौचालयको निर्माण गरिएको छ । जबरजङग गणका प्रमुख सेनानी अरुण कार्कीका अनुसार रु २२ लाख ४७ हजार लगानीमा स्मारक संरक्षणका लागि अत्यावश्यक देखिएका नयाँ संरचनाको निर्माण जीर्ण भएका संरचनाको मर्मतसम्भार गरिएको हो ।
नेपाली सेनामार्फत करिब एक वर्षको अवधिमा स्मारक संरक्षणका लागि तीन सय ४० मिटरको स्टिलबार र दुई सय पाँच मिटरको दायाँबायाँ फलामको बार लगाइएको छ । दुई सय पाँच मिटरको स्मारक क्षेत्रको दायाँबाया तीनतर्फी पर्खाल बनाइएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले नेपाली सेनाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, राष्ट्रिय अखण्डताको रक्षासहित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थलको संरचना निर्माणमा पुर्याएको योगदानको प्रशंसा गरे ।
जालपादेवी मन्दिर क्षेत्रमा अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मारक क्षेत्रमा बनाइएको नयाँ संरचनाको निर्माणले धार्मिकसहित पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने पृथ्वी स्मारक संरक्षण समितिका प्रचारप्रसार उपसमितिका संयोजक रामकृष्ण भट्टले बताए ।
विसं १८३१ मा देवीघाटमा निधन भएका पृथ्वीनारायण शाहको सम्मानमा बनाइएको स्मारक क्षेत्रको सुधारका लागि स्मारकमा मूलढोका निर्माण, व्यवस्थित फूलबारी, स्मारक क्षेत्रको नाममा कार्यालय स्थापना गरेर कर्मचारी व्यवस्थापन र उनको अन्तिम संस्कार गरिएको स्थान त्रिशूली र तादीको संगमस्थल देवीघाटमा रहेको ढुंगाको संरक्षण गर्नुपर्ने स्थानीयवासीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार