मिटरब्याजी घटनाको रिपोर्टिङका क्रममा पत्रकारमाथि हातपात, दोषीउपर कारबाहीको माग
नेपालबहस संवाददाता
साउन ११, २०७९ बुधबार २०:५:१
११ साउन, महोत्तरी । महोत्तरीका पत्रकार ललनकुमार मण्डलमाथि भएको हातपात घटनाको पत्रकार सम्बद्ध संघ, सङ्गठनले निन्दा गरेका छन् । एकजना मिटरब्याजीसँग सम्बन्धित घटनाको रिपोर्टिङका क्रममा गत सोमबार जिल्लाकै गौशाला बजारमा पत्रकार मण्डलमाथि भएको हातपातको नेपाल पत्रकार महासंघ महोत्तरी शाखा र अन्य पत्रकारसम्बद्ध संघ, सङ्गठनले आज विज्ञप्ति नै जारी गरेर निन्दा गरेका हुन् ।
महासंघ जिल्ला शाखाका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता)ले स्वतन्त्र रुपमा समाजमा घटित घटनाबारे सोधपुछ गर्दा पत्रकार मण्डलमाथि आक्रमण गरी हातपात गरिएको घटना निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।
महासंघ जिल्ला शाखाको आज जारी विज्ञप्तिमा घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गरिएको छ । त्यसैगरी जिल्लाका पत्रकार सम्बद्ध सङ्गठन नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार मण्डलमाथि भएको हातपात घटनाबारे छानबिन गरी सबै दोषीउपर कारबाहीको माग गरिएको छ ।
युनियनका जिल्ला अध्यक्ष रवीन्द्र उप्रेती, चौतारीका जिल्ला अध्यक्ष नवीन प्रियदर्शी र सेन्टरका जिल्ला अध्यक्ष धनवीर महतोले जारी गरेको संयुक्त विज्ञप्तिमा पत्रकार मण्डलमाथि आक्रमण गर्ने र मिटरब्याज असुलेर सिधासाधा जनताको बिल्लीबाठ पार्नेलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।
महासंघ जिल्ला शाखाका सदस्य तथा बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष पत्रकार मण्डल नेपाल प्रेस युनियनका केन्द्रीय परिषद् सदस्य पनि हुन । न्युज–२४ सञ्चारमाध्यममा आबद्ध पत्रकार मण्डललाई सञ्जय रौनियारसहितका केही व्यक्तिको समूहले सोमबार मिटरब्याजी घटनाको सोधखोजका क्रममा आक्रमण गरेको थियो ।
यसैबीच नेपाल प्रहरीले पत्रकार मण्डलमाथि हातपात गर्नेमध्ये सञ्जय रौनियारलाई पक्राउ गरी आवश्यक छानबिन थालिएको जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले घटना सम्बद्ध अन्य आरोपीको खोजबिन भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार