दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे
नेपालबहस संवाददाता
साउन ११, २०७९ बुधबार २२:६:२३
११ साउन , तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढेका छन् ।
उक्त अस्पतालले दिएको जानकारीअनुसार मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगायका बिरामीको सङ्ख्या बढ्दै गएको हो । उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अधिकांश रुघाखोकी र ज्वरोका विरामी आएका अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा दिवस ढकालले जानकारी दिए ।
दिनमा झण्डै तीन सयको हाराहारीमा बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । उनले भने, “उपचारमा आएका बिरामीमध्ये करिब चालीस प्रतिशत रुघाखोकी र ज्वरोका बिरामी रहेका छन् ।”
संक्रमणजन्य रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्ने भएकाले सुरक्षित हुन होम आइसोलेशनमा बस्न र खानपानमा ध्यान दिन सुझाव दिइएको उनले बताए।
उपचारमा संलग्न चिकित्सकले लक्षणका आधारमा बिरामीलाई औषधि लेखिदिने गरेका छन् । मौसमी रुघाखोकी लागेका व्यक्तिलाई निको हुनका लागि एक हप्तादेखि दुई हप्तासम्म लाग्नसक्ने चिकित्सक बताउँछन् ।
टाइफाइड र निमोनियाका लागि भने एन्टीबायोटिक औषधि चलाउनुपर्ने अवस्था रहेको डा ढकालले बताए । कोभिड जस्तै सर्ने रोग भएकाले बिरामीलाई घरमै सुरक्षित र आराम गरेर बस्न आग्रह गरिएको छ ।
त्यसैगरी टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको छ । बालबालिकामा निमोनियाको समस्या देखिएको छ भने युवा र उमेर बढी भएका मानिसमा टाइफाइडको समस्या पनि उत्तिकै रहेको छ ।
उपचारका लागि आएका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था भने नआएको सो अस्पतालले जनाएको छ । त्यसैगरी जिल्लाका अन्य मेडिकल क्लिनिकमा पनि यस्ता बिरामीको चाप बढ्दै गएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार
सुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
पुष २२, २०८१ सोमबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार