विश्वकपमा होटल मजदुरको सुरक्षा गर्न कतारलाई आग्रह
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार २०:७:५३
१२ साउन, एजेन्सी । बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ ।
नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (चार हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले एक लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ । यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले ठूलो सङ्ख्यामा अस्थायी जनशक्ति भर्ती गरेको छ ।
श्रम अधिकार अभियान संस्था इक्विडेमका अनुसार तेलका लागि धनी खाडी राष्ट्रमा प्रतियोगिता पहिले नै कामदारहरूको ‘गम्भीर श्रम शोषण र मानव अधिकारको हनन’ गरिएको समाचारहरू बाहिरिएका छन् ।
कतारले विश्वकपका लागि गरेको संरचना निर्माणमा समेत प्रवासी मजदुरको अवस्थाप्रति पटक–पटक आलोचना खेप्दै आएको छ ।
यद्यपि कतारले हालैका वर्षहरूमा ठूलो सुधार गरेका जनाउँदै आएको छ । श्रम ठगीलाई दुरूत्साहन गर्न न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र धेरै विवादास्पद प्रणालीलाई खारेज गर्नेजस्ता काममा सुधार गरिएको कतारले जनाएको छ ।
श्रमिकले रोजगार परिवर्तन गर्दा वा घर फर्किँदासमेत काम गरिराखेको कम्पनी वा फर्मको मालिकको अनुमति लिनुपर्ने भएकोले श्रमिकहरूको श्रम अधिकारको हनन हुने गरेको स्वीकार्दै यसलाई सुधारेको जनाएको छ ।
विश्व फुटबलको नियामक निकाय (फिफा) ले यसै हप्ता कतारसँग ‘सहभागी टिमहरू आयोजना गर्ने सबै सहित जम्मा १५९ होटलहरूमा श्रमिकको अधिकार र हितको संरक्षण गर्न आवश्यक प्रक्रिया’ लागू गरेको पुष्टि गरेको छ ।
इक्विडेमले बताएअनुसार बङ्गलादेशलगायत मुलुकका होटल श्रमिकहरूले आफ्ना अनुसन्धानकर्ताहरूसँग आफूले उही कामको लागि अरब राज्यका मानिसहरूको तुलनामा निकै कम ज्याला पाउने गरेको बताएका थिए ।
केन्याका सुरक्षा गार्डहरूले अन्य मुलुकको कामदारको तुलनामा आफूहरूले अत्यधिक गर्मी ९तातो० मा काम गर्न दबाब दिएको दाबी गरेको अधिकार समूहले बताएको छ ।
इक्विडेमका अनुसार केही कर्मचारीहरूले आफू ‘रोबोटजस्तै’ बिना तलब अत्यधिक समय काम गर्न बाध्य भएको र कोरोनाभाइरस महामारीको दौडान छुट्टिंदा धेरैले ज्याला र क्षतिपूर्ति प्राप्त नगरेको बताएका थिए ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठनले २० वटा ठूला होटलले गुनासो समाधानका लागि कामदार व्यवस्थापन समिति गठन गरेको तर त्योभन्दा बढी सुधार आवश्यक भएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार