यमनमा युद्धविरामपछि पनि भिडन्तहरुमा ८१ जनाको मृत्यु
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार २०:२२:५२
१२ साउन, एजेन्सी । यमनमा यहाँको सरकार र हुथी विद्रोहीहरुका बीचमा जारी भएको युद्धविरामका क्रममा पनि कम्तीमा पनि ८१ जनाको ज्यान गएको बताइएको छ ।
हिंसात्मक विद्रोह जारी रहेको यहाँ गत अप्रिल २ बाट युद्धविराम सुरु भएको थियो । अन्तर्राष्टिय रुपमा मान्यता प्राप्त यमनी सरकार र यहाँका हुथी विद्रोहीका बीचमा शान्तिपूर्ण वार्ताका माध्यमबाट हिंसा अन्त्यको मार्ग खोज्नका लागि युद्धविराम भएको थियो ।
संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा यहाँ युद्धविराम भएको थियो । तर सो युद्धविरामपछि पनि यहाँका हुथी विद्रोहीहरुले हिंसाको अन्त्य गरेका छैनन् ।
अप्रिल २ तारिखमा भएको सो युद्धविरामपछि पनि यहाँ हुथी विद्रोहीहरुले आक्रमण जारी नै राखेका र यसमा परेर कम्तीमा पनि ८१ जनाको ज्यान जानुका साथै अरु ३३१ जना घाइते भएका पाइएको छ ।
अधिकारीहरुले ज्यान जानेमा सुरक्षाकर्मी र सर्वसाधारण नागरिक पनि परेका बताएका छन् ।यमनका विदेशमन्त्री अहमद अवाद बिन मुबारकले यमनी सरकारले संयुक्त राष्ट्रसंघको मध्यस्थताको युद्धविराम इमान्दारिताका साथ पालना गरेको तर हुथी विद्रोहीहरुले भने आक्रमणलाई जारी नै राखेका बताएका छन् ।
बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले हुथीहरुलाई युद्धविरामको पालना गर्न आग्रह पनि गरेका थिए । यमनमा केही वर्षदेखि हुथी विद्रोहीहरुले हिंसात्मक विद्रोह गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार