अफगानिस्तान : बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार २२:३८:१७
१२ साउन, एजेन्सी । तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि र बढ्दो गरिबी र वित्तीय अस्थिरतासँगै देशको अर्थतन्त्रमा उल्लेखनीय सङ्कुचन आएपछि अफगान बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता परेको सेभ द चिल्ड्रेन जनाएको छ । यस संस्थाले एक करोड ३० लाख बालबालिकासहित मानवीय सहायताको तत्काल आवश्यकता रहेको जनाइएको हो ।
सेभ द चिल्ड्रेन बुधबार जारी गरिएको एक अध्ययनको प्रतिवेदनअनुसार अफगानिस्तानका ९२ लाख बालबालिकासहित एक करोड ८९ लाख मानिसले सन् २०२२ को जुन र नोभेम्बरको बीचमा आपतकालीन वा महत्वपूर्ण खाद्य असुरक्षाको अनुभव गर्न सक्ने छन् ।
संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमलाई उद्धृत गर्दै प्रतिवेदनले अफगानिस्तानको ९७ प्रतिशत जनसङ्ख्या चरम गरिबीमा बाँचिरहेको र दिनप्रतिदिन गरिबीको रेखामुनि गइरहेको उल्लेख गरेको छ ।
पाँच वर्षमुनिका ११ लाखभन्दा बढी अफगान बालबालिका तीव्र कुपोषणको सिकार भएका छन् । यो कुपोषणको रोग अफगानिस्तानले हाल सामना गरिरहेको कोभिड–१९, दादुरा, झाडापखाला र डेंगु ज्वरो रोगहरूमध्ये एक भएको बताइएको छ ।
युक्रेन संकट खाद्य लागतमा भएको बृद्धिमा ठूलो प्रभाव पारेको छ । अफगानिस्तान हाल गम्भीर मानवीय सङ्कटसँग लडिरहेको छ । यस देशमा अहिले विश्वमा सबैभन्दा बढी सङ्ख्यामा आपतकालीन खाद्यान्न असुरक्षामा परेका मानिसहरु रहेका अन्तर्राष्ट्रिय मूल्याङ्कनले बताएको छ ।
दुई करोड ३० लाख भन्दा बढी सहायताको आवश्यकता छ । करिब ९५ प्रतिशत जनसंख्या अपर्याप्त खाना उपभोग गरिरेहको पनि यस प्रतिवेदनमा बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार