कार्यालय सहयोगी ३०औँ पटकमा एसइई उत्तीर्ण
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार १७:३९:१८
१३ साउन, गोदावरी । कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन् ।
कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत्तीर्ण गरेका हुन् । उन्तीसौँ पटकसम्म परीक्षामा असफल चौधरी यस वर्ष २.० जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए ।
चौधरी विसं २०५२ बाट कैलारी–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन् । यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको बताउँदै उनले भने, “अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने तयारी गरेको छु ।”
कैलारी–६ बनकट्टा गाउँका चौधरीले विसं २०४८ मा दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलोपटक एसएलसी दिएको बताए । कोरोना महामारीका क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामका आधारमा एसइईको नतिजा सार्वजनिक गरिएको थियो । चौधरीले लेखेरै पास गर्छु भनेर फाराम नभरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार