काठमाडौंमा सक्रिय छन् ठगका बादशाह, सुनचाँदी व्यवसायीद्धारा सजग रहन आग्रह
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार १९:५२:४०
१३ साउन, काठमाडौं । प्रहरीले अपराधी पक्राउ गर्न विभिन्न जुक्ति निकाल्छ । तर, प्रहरीलाई नै चक्मा दिनेगरी ठगीधन्दामा संलग्न व्यक्ति पनि भेटिदाँ रहेछन् कि ढुक्कैले मोवाइल फोनबाटै दिनदिनै लाखौं ठगी गर्ने ठगलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । अझ् त्यो पनि राजधानीमा बसेर ।
को होलान् त त्यस्ता ठगकै बादशाह ? तपाईंलाई पनि चासो लाग्यो होला । भक्तपुर नगरपालिका ११ घर भएका रामगोपाल किजुका नाती रत्नप्रसाद किजुका छोरा वर्ष ३२ का प्रविण किजु श्रृंखलाबद्ध ठगीधन्दामा संलग्न रहेपनि प्रहरीले भने पक्राउ गर्न सकेको छैन । विभिन्न पसलमा समान खरिद गर्ने बहानामा प्रभावमा पारेर, विश्वास दिलाएर निजले दिएका लाखौंका चेक वाउन्स भएका छन् ।
प्रहरी स्रोतका अनुसार किजु नियतबस ठगी कार्यमा संलग्न रहेको पाइएको छ । निजले दर्जन बढी ठगी गरेका उजुरी प्रहरीमा परिसकेका छन् भने अन्य थुप्रै व्यक्ति आफूहरु ठगिएको भन्दै प्रहरीमा गुनासो गर्न पुग्नेको संख्या पनि उत्तिकै रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीबिरुद्ध चेक वाउन्स प्रकरणमा उच्च अदालतबाट पक्राउ पूर्जी लिइसकेको भएतापनि निजलाई पक्राउ गर्नेतर्फ भने प्रहरीले आवश्यक चासो नदेखाएको पीडीत पक्षको गुनासो छ ।
प्रहरीको सम्पर्कमा पुगेका पीडीत पक्षलाई स्वयम् प्रहरीले नै निज किजुलाई कहीँकतै देखेमा वा चिनेजानेको भएमा नजिकको प्रहरीलाई खवर गर्नु भन्दै फर्काउने गरेको बताइन्छ । खासगरी न्यूरोड, दरवारमार्ग तिरका सुनपसलहरु निज किजुको निशानामा परेका छन् । झण्डै करोडको हाराहारीमा ठगीका उजुरी परेको आशंका प्रहरीको छ ।
यता, सुन व्यवसायीको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण संघले व्यापारीहरुलाई ठगी कार्यमा सक्रिय प्रविण किजुको तस्वीर समेत पठाएर त्यस्तो हुलिया भएको व्यक्तिबाट सजग रहन व्यवसायीलाई पत्राचार गर्दै निजले दिएको चेकमा विश्वास गरेर कुनै सामान बिक्री नगर्न समस्त व्यवसायीमा अनुरोध गरेको जानकारी प्राप्त भएको छ । साथै, निजबाट ठगीनु हुने व्यवसायी प्रहरी परिसरमा आफू ठगीएको प्रमाणसहित निवेदनका साथ उपस्थित हुन पनि आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार