एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी, रियल टाइम क्लेम सुविधा
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार २२:५८:५२
१३ साउन, काठमाडौं । निर्जीवन बिमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच आइतबार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका चेयरम्यान राजेन्द्र अर्यालले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा एनलएलजीको बिमा प्रडक्टहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बिमा ब्रोकरको रुपमा उक्त कम्पनीको प्रडक्टहरुको मार्केटिङ गर्नेछ । एग्रेगेटर सेवाका लागि फिन्टेकले बिमामार्केट डट कम नामको वेबसाइट सुरु गर्दै छ ।
यो नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो । यसमार्फत ग्राहकले हरेक बिमालेखको विस्तृत विवरण बुझ्न सक्छन् । यसमा रियल टाइम क्लेम सुविधा उपलब्ध छ ।
यसले बिमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४ सै घन्टा कल सेन्टरको व्यवस्था गरेको छ । यसमार्फत खरिद, बिक्री र दाबीमा तुरुन्तै पहुँच स्थापित गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले लघुबिमालाई समेत लक्ष्य बनाएको छ ।
समझदारीअनुसार एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ । त्यसैगरी एलजीका पोलिसीहरुको खरिदबिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउनेछ ।
ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बिमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग पनि गर्नेछ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखिलराज बंका पनि उपस्थित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार