गुराँस लाइफद्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार २२:७:५
१३ साउन, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।
कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनस सहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. क्षेत्रिय कार्यलय बिर्तामोडले ०४- १२ गते भद्रपुर न. पा. वडा नं. ८ को कार्यलयमा एक कार्यक्रम मार्फत भुक्तानी गरेको छ ।
उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । उक्त दाबी भुक्तानी कार्यक्रममा बोल्दै वडाध्यक्ष गौरव सुब्बाले यो भन्दा अघिपनि गुराँस लाइफले छिटो छरीतो दाबी भुक्तानी गरेको र कम्पनी प्रति आफ्नो विश्वास झनै बढेको बताए ।
उप–मेयर राधा कार्कीले प्रत्येक व्यक्तिले आय अनुसार बिमा गरे भविष्यको साहारा हुने र घटना घटे परिवारले राहात पाउने भएकोले जीवन बिमा अनिवार्य गर्न आफुले जनचेतना गराउने बताए । यसै सन्दर्भमा मेयर गणेश पोखरेलले बिमा कम्पनीहरुले मृत्यु दाबी भुक्तानी अवश्य गर्छन् भन्ने कुराको विश्वास दिलाउदै दाबी भुक्तानी सहज बनाउदै लगेकोमा गुराँस लाइफ प्रति आभार प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना र मृतक प्रति श्रद्घाञ्जली अर्पण गरे ।
कम्पनीका मुख्य प्रबन्धक तथा क्षेत्रिय प्रमुख गिरधर श्रेष्ठले व्यक्तीको मृत्युको अपुरणीय क्षतिको भरपाई नहुने तर बिमाबाट प्राप्त रकमले आश्रीत परिवारलाई सहयोग पुग्ने विचार व्यक्त गर्दै युवा अवस्थामै विमितको निधनले आफु मर्माहित भएको बताए ।
साथै बिमाको जनचेतना अभावले बिमा आवश्यक नभएको सोच्ने र आवश्यक भएको दिन पछुताउने गरेकाले बेलैमा गुराँस लाइफमा जीवन बिमा गराई ढुक्क हुन आग्रह गरे ।
उक्त कार्यक्रममा कम्पनी सहायक प्रबन्धक राजकुमार सिजापति, काँकरभिट्टा प्रमुख श्री अस्मिता लिम्बु, भद्रपुर अण्डराइटर देवी श्रेष्ठ, सिनियर एजेन्सी मेनेजर रिता कार्की, भवानी खड्का, निशा फुयाल तथा अभिकर्ता, स्थानिय व्यक्ति पत्रकार तथा बुद्घिजीवीहरुको उपस्थिति रहेको उक्त कार्याक्रम क्षेत्रिय कार्यालयका जुनियर अफिसर अखिलेश्वर बोहराले संचालन गरेको र कार्यक्रम संयोजन काँकरभिट्टाका पुर्व शाखा प्रमुख याम बहादुर बुढाथोकीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार