राना थारूको तीजमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार १३:३६:५०
१५ साउन, कञ्चनपुर । राना थारू समुदायको तीजपर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको तीज विर्सजन हुने दिन साउन १५ ९आइतबार० गतेका दिन बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बेलौरी नगरपालिकाको नवौँ नगरसभाको निर्णयानुसार राना थारू समुदायका तीजपर्वका लागि नगरपालिका मातहतका कार्यालयमा बिदा दिने निर्णय गरेको नगरप्रमुख पोतिलाल चौधरीले बताए । शुक्लाफाँटा नगरपालिका मातहतका कार्यालयमा कार्यरत राना थारू समुदायका कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टका अनुसार नगरप्रमुखस्तरीय निर्णयबाट राना थारू समुदायका कर्मचारीलाई एक दिन बिदा दिने निर्णय गरिएको छ । राना थारू समुदायका दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामनासहित तीजपर्व मनाउने गर्दछन् । यस अवसरमा दाजुभाइले दिदीबहिनीका लागि गाउँमा राखिएको डोला ‘पिङ’ खेल्ने चलन छ ।
तीजका अवसरमा घर–घरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ ।
तीजका अवसरमा महिलाले घङ्घरिया, अङ्गिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँदछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार