मनाङमा ७७.६५ प्रतिशतमात्र खर्च
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार २१:१३:१०
१५ साउन, मनाङ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८÷७९ मा कूल बजेटको ७७.६५ प्रतिशत मात्रै खर्च भएको छ । मनाङमा संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित कूल रु दुई अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये ७७.६५ प्रतिशत खर्च भएको हो ।
रु एक अर्ब ९२ करोड २२ लाख ४२ हजार बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मनाङमा कूल बजेटमा रु ५५ करोड ३३ लाख अर्थात २३ दशमलव ३५ प्रतिशत बजेट खर्च नभइ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक शालिग्राम सापकोटाले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७८÷७९मा मनाङमा संघीय कार्यालयतर्फ विनियोजित कूल बजेट रु ७३ करोड ४० लाख ४९ हजारमध्ये रु ६६ करोड ८९ लाख ४२ हजार खर्च भएको छ । यो कूल बजेटको ९१ दशमलव १३ प्रतिशत हो । संघीयतर्फको कूल चालु बजेट रु ६४ करोड नौ लाख ४६ हजारमध्ये रु ५८ करोड ८४ लाख ६३ हजार खर्च भएको उनले बताए ।
कूल चालु खर्चको ९१ दशमलव ८१ प्रतिशत हो । संघीय पुँजीगत बजेट रु ९३ करोड एक लाख दुई हजारमध्ये रु ८० करोड चार लाख ७८ हजार खर्च भएको छ । सो बजेटको ८६ दशमलव ४४ प्रतिशत खर्च हो । प्रदेश कार्यालयतर्फ विनियोजित कूल बजेट रु ६४ करोड दुई लाख ७१ हजारमा रु ४८ करोड ७७ लाख ८६ हजार मात्रै खर्च भएको छ । कूल बजेटको यो ७६ दशमलव १८ प्रतिशत खर्च हो ।
प्रदेशतर्फको कूल विनियोजित बजेटमध्ये चालु तर्फ रु २१ करोड ६८ लाख चार हजार बजेटमा रु १२ करोड १९ लाख ९१ हजार खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ रु ४२ करोड ३४ लाख ६७ हजार बजेटमा रु ३६ करोड ५७ लाख ९४ हजार अर्थात ८६ दशमलव ३८ प्रतिशत खर्च भएको जनाइएको छ । आर्थिक वर्ष २०७८÷७९मा मनाङका चार स्थानीय तहले कूल बजेट रु एक अर्ब १० करोड १२ लाख ९६ हजारमध्ये रु ७६ करोड ५५ लाख १३ हजार खर्च गरेका छन् ।
यो कूल बजेटको ६९ दशमलव ५१ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । चार स्थानीय तहले चालु तर्फ रु ५८ करोड ५७ लाख बजेटमा रु ३९ करोड ८३ लाख बजेट खर्च गरेका छन् भने पुँजीगतर्फ रु ५१ करोड ५५ लाख ९४ हजार बजेटमध्ये रु ३६ करोड ७२ लाख १३ हजार बजेट खर्च गरेको कोष नियन्त्रक सापकोटाले बताए ।
सदरमुकामस्थित चामे गाउँपालिकाले चालु र पुँजीगत बजेट गरी कूल रु ३१ करोड २३ लाख ८४ हजारमा २१ करोड २६ लाख ५५ हजार खर्च गरेको छ । कूल बजेटको ६८ दशमलव शून्य सात प्रतिशत बजेट खर्च हो । नासों गाउँपालिकाले चालु तथा पुँजीगत गरी कूल रु ३० करोड आठ लाख ४२ हजारमा रु २२ करोड चार लाख ३९ हजार बजेट खर्च गरेको छ ।
ङिस्याङ गाउँपालिकाले कूल रु ३० करोड २३ लाख ५३ हजार बजेटमध्ये रु २१ करोड ४४ लाख ७४ हजार खर्च गरेको छ । कूल बजेटको ७० दशमलव ९३ प्रतिशत बजेट खर्च गरेको छ । सडक संजालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाले चालु तथा पूँजीगत गरी रु १८ करोड ५७ लाख १६ हजार बजेटमा रु ११ करोड ७९ लाख ४४ हजार खर्च गरेको उनले बताए । पालिकाले यस आर्थिक वर्षमा ६३ दशमलव ५१ प्रतिशत खर्च गरेको कोष नियन्त्रक सापकोटाले जानकारी दिए ।
सबैभन्दा बढी बजेट खर्च हुने पूर्वाधार विकास कार्यालयले लक्ष्य अनुरुपको खर्च गर्न नसकेको उनले बताए । पूर्वाधार विकास कार्यालयले कूल बजेट रु १९ करोड ३६ लाख ४४ हजारमध्ये रु १४ करोड ८५ लाख ५३ हजार मात्रै खर्च गरेको छ । कूल बजेटको ७६ दशमलव ७१ प्रतिशत खर्च भएको छ ।
खानेपानी जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयले कूल बजेट रु १२ करोड एक लाखमध्ये रु ११ करोड ४७ लाख बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । भौगोलिक विकटताका साथै पछिल्लो समय इन्धन तथा निर्माण सामग्रीमा भएको अधिक मूल्यवृद्धिले गर्दा विकास निर्माणकार्यमा साविकमा भएको सम्झौता अनुसारको काम निर्माण व्यवसायीले गर्न इच्छुक नसक्दा बजेट खर्च हुन नसकेको कोष नियन्त्रकसापकोटाको भनाइ छ ।
यसका साथै कोभिडको असर जिल्लामा कायमै रहनु, कोभिडको असरले विकास निर्माणका लागि आवश्यक जनशक्तिको अभावले काम गर्न नसक्नु र भौगोलिक विकटताले सामग्री ढुवानी हुन नसक्नुले बजेट खर्च नभएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार