प्याज काट्दा आँसु आँउछ, यसले आँखालाई असर गर्छ कि गर्दैन ?
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार १८:४४:१०
१६ असार, काठमाडाैं । तपाई हामीले भान्छामा दिनकै जसो प्याजको प्रयोग गर्ने गरेका छौँ । प्याजको प्रयोगले हाम्रो खाना स्वदिष्ट् बनाउनमा सहयोग गर्छ । प्याज काट्दा आखा पोल्ने, आखा रसाउने आसु आउने बारे हामी जनकार नैै छौं । यस्तो किन हुन्छ ? यसरी आँसु आउनेगरी पोल्दा आँखालाई असर गर्छ कि गर्दैन ? आउनोस् यसबारे जानौँ :
आँखा विशेषज्ञका अनुसार प्याजको प्रत्येक पत्रमा एमिनो एसिड र सल्फोनिक एसिड नामक केमिकल हुन्छ । प्याज काट्दा यी दुवै केमिकल मिश्रण भएर सल्फर ग्यास बन्छ ।
यो ग्यास हाम्रो आँखामा पुग्छ । आँखाको पानीसँग ती केमिकल मिल्दा अर्को एसिड बन्छ( सल्फर । त्यही सल्फर एसिडका कारण प्याज काट्दा हाम्रो आँखाबाट आँसु आउने गरेको बताउँछन ।
यसले असर गर्छ कि गर्दैन ?
प्याजको रागले आँखा एकछिन पोल्नचाहिँ पोल्छ । तर, भित्री असर भने खासै नगर्ने विशेषज्ञले बताउँछन कहिले कहि धेरै नै प्याज काट्नुपर्यो भने केमिकलको मात्रा बढेर आँखा रातो हुन्छ । भित्री समस्या पनि देखिन्छ ।’ आँखा धेरै नै पोल्यो भने सफा पानीले धने आँखा मिच्नु भने नहुने विशेषज्ञले बताएका छन् ।
प्याज काट्दा ध्यान दिनुपर्ने कुरा
प्याज काट्नुभन्दा अगाडि प्याजलाई पानीमा ३ मिनेटजति डुबाउँदा प्याजमा भएको केमिकल कम हुने भएकाले प्याज काट्न अगाडि पानीमा डुबान ध्यान दिउँ । अथवा प्याज काट्दा चस्माको प्रयोग गर्नाले प्याजमा भएको केमिकल प्रत्यक्ष रूपमा आँखामा नपर्ने विशेषज्ञले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडोमा घाममा धेरै बेरसम्म बस्नु हुन्छ ? होसियार, क्यान्सर निम्त्याउन सक्छ
पुष ११, २०८१ बिहिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार