लोकप्रिय गायक बालकृष्ण वाग्लेको “राजै” तीजगीत चर्चामा
नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार १७:५४:३६
१८ साउन, काठमाडौं । नेपाली नारीहरुको महानचाड हरितालिका तीज नजिकिदै गर्दा एकपछि अर्को उत्कृष्ट तीज गीतहरु बजारमा आइरहेका छन्। यसैक्रममा गायक एवं सर्जक बालकृष्ण वाग्लेको “राजै” बोलको नयाँ तीज गीत हालै सार्वजनिक भएको छ। यसभन्दा अगाडि पनि गायक वाग्लेले आफ्नै स्वर, शब्द र संगीतमा दर्जनौं लोकप्रिय एल्बमहरु बजारमा ल्याइसकेका छन्।
स्याङ्जा जिल्लाको बिरुवा गाउपालिकामा जन्मेका चर्चित लोकगायक वाग्लेले बिगत लामो समयदेखि नेपाली लोक गीतसंगीतलाई आफ्नो पेशा बनाउँदै कलाकारिता क्षेत्रमा अलग्गै चर्चा बटुल्दै आएका छन्। भर्खरैमात्र बजारमा आएको “राजै” बोलको नयाँ तीज गीतमा उनै लोकप्रिय गायक बालकृष्ण वाग्ले र गायिका रमा राना मगरको स्वरमा सजिएको छ ।
उक्त गीतमा शब्द संगीत स्वयम गायक वाग्लेकै रहेको छ । दिवस थापा मगरले एरेन्ज गरेको गीतलाई भुमिराज थापाले मिक्सिङ गरेका हुन् । सरिता दानकुटी र शिव बिकले अभिनय गरेको यस तीज गीतको भिडियोको निर्देशन शिवराजा भूर्तेलले गरेका छन्। भिडियोमा सरिता दानकुटी र शिव बिकले एक साथ छमछमी कम्मर मर्काएका छन्।
भिडियो शिवराजा भूर्तेलले खिचेका हुन् । गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ । गीत दिवश थापामगर म्युजिक नामक अफिसियल युट्युब च्यानलबाट बजार आएको छ ।
हेर्नुहोस् पुरा गीतः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार