सुनसरीमा अस्पताल निर्माण गर्न माग
नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार १९:२१:३६
१८ साउन, इनरुवा । सुनसरीको गढी गाउँपालिकामा आधारभूत अस्पतालको निर्माण पुनः संचालन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । नागरिक समाज औरावनी सुनसरीले गाउँपालिका क्षेत्रभित्र अस्पताल नहुँदा समस्या हुँदै आएकाले संघीय सरकारको नीतिअनुसार गत वर्ष गढी–२ मा सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको भए पनि अस्पताल निर्माणको काम अगाडि नबढेको भन्दै तत्काल निर्माण गर्नुपर्ने माग गरेका छन् ।
गढी गाउँपालिका–२ का सोभन यादवका नाति श्रीप्रसाद यादवका छोरा विश्म्बर यादवले संघीय सरकारको नीतिअनुसार गत वर्ष नै सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने प्रयोजनका लागि १६ कट्ठा जग्गा दान गरेको र शिलान्यास गरिएको तर हालसम्म काम अगाडि नबढेकाले स्थानीयवासी र नागरिक समाजको ध्यानाकर्षण भएको स्थानीयवासी देवी काजीले बताए । गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको एक वर्ष बढी बित्दासमेत निर्माणका लागि बोलपत्र नभएकाले काम अगाडि बढाउन तत्काल नयाँ बोलपत्र आह्वान गरी अस्पताल निर्माणको स्थानीयवासी मुवारक खाँणले माग गरे ।
गाउँमै सम्पूर्ण स्वास्थ्य सेवा पाउने अपेक्षासहित निकै उल्लासका साथ शिलान्यास गरिएको आधारभूत अस्पताल वर्षदिन बित्दासमेत निर्माण सुरु नभएकाले स्थानीयहरुको चासोको विषय बनेको खाँणले बताए । भमरीमा निर्माण गरिने १५ शय्याको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर ठेक्काको आह्वान गर्नुपर्नेमा त्यो काम अगाडि नबढेकाले आफूहरुलाई शंका लागेको गढी–१ का वडा सदस्य मोहमद भोलाले जानकारी दिए ।
पालिकामा निर्माण गरिने अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा केही बजेट उपलब्ध गराएको भए पनि काम अगाडि नबढेकाले ओझेलमा परेको गढी–२ का निवर्तमान वडाध्यक्ष अरुण चौधरीले जानकारी दिए । प्रेस विज्ञप्तिमार्फत नागरिक समाज औरावनीले भमरीमा अस्पतालको आवश्यक रहेको र हुलाकी मार्गमा पर्ने तथा सबै वडालाई पायक पर्ने भएकाले तत्काल बोलपत्र आह्वान गरी निर्माण कार्य पुनः सञ्चालन गर्नुपर्ने माग गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
तिहारमा माइती जाने महिलालाई युवाद्वारा निःशुल्क मोटरसाइकल सेवा
कात्तिक १६, २०८१ शुक्रबार
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार