नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने
नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार २३:३६:४०
१८ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताएका छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता गण्डकी प्रदेशमा आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा मात्र काठमाडौँमा केही खेल गराउन सक्ने संकेत उनले गरे ।
नेपाल खेलकुद पत्रकार मंच (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आज आयोजित स्पोर्टस डाइलगको पहिलो शृङ्खलामा सदस्यसचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने योजना रहेको बताए ।
उनले यसपटक राष्ट्रिय खेलको पहिलो संस्करणदेखि नवौँसम्मका खेलकुदका डाटा सुरक्षित गरिने तयारीसमेत रहेको बताए । यसैगरी सदस्य सचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट चीनमा आयोजना हुने १९ औँ एसियाली खेलकुदको लागि खेलाडी छनोटसमेत गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार