बाह्रदशी र भद्रपुरले निःशुल्क रगत उपलब्ध गराउने
नेपालबहस संवाददाता
साउन १९, २०७९ बिहिबार १९:१३:१२
१९ साउन, झापा । जिल्लाका १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन् ।
चालु आर्थिक वर्ष २०७९÷८० का लागि दुवै पालिकाले रगत अभावका कारण विपन्न नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी झापासँग निःशुल्क रगत उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको जनाएका छन् ।
नेरेसो झापा कार्यालयका अधिकृत हरिशरण खड्काले सम्झौता गरिएका पालिकाभित्र रहेका नागरिकमध्ये जोसुकैलाई रगत आवश्यक परेको खण्डमा नेरेसोले सञ्चालन गरेका रक्तसंचार केन्द्रबाट निःशुल्क उपलब्ध गराइने जानकारी दिए ।
उनले सम्झौता गरिएको पालिकाका बासिन्दा हो भन्ने विवरण खुलेको कागजात वा पालिकाले सिफारिस गरेको कागजातको आधारमा बिरामीलाई रगत उपलब्ध गराउने बताए । सम्झौता गरिएका पालिकाहरुले धरान, विराटनगरसम्मका अस्पतालमा रहेका बिरामीका लागि समेत जिल्लाका पायक पर्ने रक्तसंचार केन्द्रबाट रगत लैजाने सक्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
गत वर्ष जिल्लाका मेचीनगर नगरपालिका, बाह्रदशी, झापा गाउँपालिकाले नरेसोसँग एक वर्षका लागि निःशुल्क रगत उपलब्ध गराउनका लागि रु पाँच लाखका दरले रकम बुझाएका थिए । यस सेवाबाट सबैभन्दा धेरै मिर्गौलाका रोगीले रगत धेरै प्रयोग गरेको अधिकृत हरिशरण खड्काले जानकारी दिए ।
चालु आर्थिक वर्षमा बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले मात्र हालसम्म सम्झौता गरिसकेको उनले बताए । उनका अनुसार झापा गाउँपालिकाले समेत पुनः सम्झौताका लागि पहल गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
तिहारमा माइती जाने महिलालाई युवाद्वारा निःशुल्क मोटरसाइकल सेवा
कात्तिक १६, २०८१ शुक्रबार
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार