कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरुलाई हेल्थ अवार्ड प्रदान गरिने
नेपालबहस संवाददाता
साउन १९, २०७९ शुक्रबार ०:१५:४६
१९ साउन, काठमाडौं । यसबर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने भएको छ ।
अवार्डले स्वास्थ्य क्षेत्रमा विशिष्ठ सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुको योगदानको पहिचान र सम्मान गर्ने उदेश्यका साथ बार्षिक रुपमा वितरण हुँदै आएको छ । आयोजक स्वास्थ्य खबर पत्रिकाका अनुसार कोभिडको समयमा खटिएका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा विभिन्न तह र तप्कामा रही सेवा पुर्याएका स्वास्थ्यकर्मीहरुलाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो ।
आयोजकका अनुसार यस बर्ष विभिन्न नौ वटा विधामा अवार्ड प्रदान गरिने छ । कोभिड महामारीको जोखिममा समेत जोखिम उठाएर बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शब व्यवस्थापक लगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले बताएका छन् ।
कोभिडजस्तो विश्वव्यापी महामारीको समयमा अग्रभागमा रहेर बिरामीलाई सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउँदा हामीलाई गौरब महसुस भएको छ, न्यौपानेले भनेका छन् । “यसबर्ष अवार्ड खोप नआउँदा जतिबेला कोभिड संक्रमणसँग मानिसहरु त्रसित थिए त्यस्तो विपत्तिको समयमा समेत आफ्नो कर्तब्यमा लागिपरेर मानव जीवन बचाउन योगदान गर्नु भएका समग्र स्वास्थ्यकर्मीहरुप्रति समर्पित छ ।”
उनका अनुसार कोभिडको समयमा बिरामीको उपचारमा संलग्न रहँदारहँदै जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीहरुलाई विशिष्ठ सेवा सम्मानले सम्मानीत गरिने छ । यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिने छ । यही भाद्र १७ गते काठमाडौंमा एक विशेष समारोहबीच अवार्ड वितरण कार्यक्रम तय गरिएको समेत आयोजकले जनाएको छ ।
अवार्डको लागि नामावली संकलन, छनौट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसँख्या मन्त्रालय समेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सम्मिलित निर्णायक समिति गठन गरिएको छ । समितिले अवार्डको नामावली संकलनका लागि आवेदन, मनोनयन र जिल्लाजिल्लाबाट सुचना संकलन कार्य गरिरहेको बताइएको छ ।
हालसम्म देशैभरीबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब ५०० स्वास्थ्यकर्मीहरुको नामावली संकलन भएको छ । १२ बर्ष अघि शुरु भएको स्वास्थ्य खबर हेल्थ अवार्ड यसअघि दुई बर्ष कोभिडका कारण स्थगित भएको थियो । सरकारी तथा सामुदायिक संस्थाहरुमा रहेर अति विपन्न तथा गरिब परिवारहरुको स्वास्थ्य अधिकारका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने अवार्डले स्वास्थ्यमा सेवाभाव प्रबर्धन गर्ने आयोजकको मत छ ।
स्वास्थ्य खबर पत्रिका नेपालको पहिलो स्वास्थ्य क्षेत्रको विशिष्ठिकृत पत्रिका हो । मासिक रुपमा प्रकाशन हुँदै आएको पत्रिकाको प्रकाशन १४ बर्ष पहिला शुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार