बन्द उद्योगलाई संचालनमा ल्याइए औद्योगिक उत्पादन बढ्न सक्छः मन्त्री बडू
नेपालबहस संवाददाता
साउन २०, २०७९ शुक्रबार १९:४:२४
२० साउन, कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लागि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई संचालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताएका छन् । धनगढी विमानस्थलमा आज संचारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले यसरी संचालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याइएमा उत्पादन बढ्नाका साथै जनतालाई केही हदसम्म भए पनि रोजगारीको अवस्था सिर्जना गर्नमा मद्दत मिल्ने बताए ।
“सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अव सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णत लिजमा दिएर संचालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ ।” मन्त्री बडूले भने, “यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ ।”
मन्त्री बडूले भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र रुग्ण उद्योगलाई संचालनका निमित्त विभिन्न मोडेलमा संचालन गरिने धारणा व्यक्त गरे । समयमै मलको प्रबन्ध गर्नमा केही विलम्ब भएको बताउँदै उनले अहिलेको लागि हामीले बाहिरबाटै ल्याउनुपर्ने भएको हुनाले यसको प्रबन्ध भइरहेको जानकारी दिए ।प्रदेश र संघको निर्वाचनका लागि हिजो मात्रै मन्त्रिपरिषद्बाट निर्वाचनको मिति तोकी सकिएको र त्यसको तयारी नै अहिलेको प्रमुख काम रहेको मन्त्री बडूले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
इजरायली चार बन्धक छाडेको बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार