‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ का लागि अवेदन खुला
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १७:४०:४५
२२ साउन, भक्तपुर । ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले पुरुष मोडलहरूलाई सहभागिताका लागि आह्वान गरेको हो ।
प्रतियोगितामा सहभागिता जनाउनग ‘मिस्टर मोडल अफ द वर्ल्ड’को आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ । प्रतियोगिताा विजेताले थाइल्यान्डको बैंककमा यही ३ देखि ७ नोभेम्बरसम्म आयोजना हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरू सहभागी हुनेछन् ।
यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वर्ल्ड( २०१८’ को उपाधि जितेका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।
विगतमा अन्य प्रतियोगितामा छनोट भएका मोडलहरू पनि ‘मिस्टर मोडल अफ द वल्र्ड’मा प्रतियोगी हुने गरेकोमा अबदेखि ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’का विजेता मात्र नेपालको तर्फबाट ‘मिस्टर मोडल अफ द वल्र्ड’मा सहभागी हुन पाउनेछन् ।
‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’को अन्तिम प्रतियोगिता आगामी ३ सेप्टेम्बरमा हुनेछ । १८ देखि ३२ वर्ष उमेर समूहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाइ र शिक्षाको मापदण्ड तोकिएको छैन ।
‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’का इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षयजंग रायमाझी हुन् । यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेस्रो संस्करण हुन लागेको हो । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार