जीर्ण बन्दै खुला कारागारका संरचना
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १७:५४:९
२२ साउन, राँझा । बाँकेको गनापुरमा निर्मित खुला कारागारका संरचना जीर्ण बन्दै गएका छन् । नेपालगंज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशक अघि निर्माण भएको खुला कारागारको साढे दुईतले १८ कोठे प्रशासनिक भवन प्रयोगमा नआउदा जीर्ण हुँदै गएको हो । त्यहाँ दुई वर्ष अघि निर्माण भएको ३६ कोठे भवन पनि प्रयोगमा आउन सकेको छैन ।
खुला कारागारलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भए पनि संचालन कार्यविधि नबनेका कारण कारागार विभागले त्यहाँ कैदी राख्न नसकेको बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले बताए । उनका अनुसार कारागार संचालन हुन नसक्दा भवन जीर्ण बन्दै गएका हुन् । दुई तिहाई कैद भुक्तान गरिसकेका र आचारण सुधार भएका कैदीलाई निश्चित शर्तको आधारमा खुला कारागारमा राख्ने अवधारणा अनुसार बाँकेको गनापुरमा उक्त कारागार बनाइएकोे हो । यसका लागि संचालन कार्यविधि नबन्दै निर्माण भएका भौतिक संरचना अहिले बेवारिसे अवस्थामा पुगेका हुन् ।
खुला कारागार संचालनका लागि सुझावहरु पठाए पनि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआएको कारागार प्रमुख सोनकरले बताए। खुला कारागारमा कैदी बस्ने ३६ कोठे दुई वटा भवन छन् । दुवै भवनमा कैदीका लागि छ–छ वटा शौचालय छन् । त्यहाँ निर्मित कारागार भवन र प्रशासनिक भवन एक चौकीदारको भरमा छोडिएको छ । संरचना निर्माण भएको ठाउँमा खुला कारागारको छ विघा र तत्कालिन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिन छ ।
उक्त जमिन त्यहाँ राखिने कैदीलाई खेतीका लागि दिने नीति अघि सारिएको थियो । “कैदीले दिनभर खेतीपातीको काम गर्ने र बेलुकी कारागारमा आएर हाजिरी गरी त्यहीँ बस्ने अवधारणाका साथ उक्त कारागार बनाइएको हो”, उनले भने ।खुल्ला कारागारका संरचना प्रयोगविहीन भईरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदी÷बन्दी बस्न बाध्य छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५६ कैदी÷बन्दीलाई ब्यवस्थापन गर्न समस्या भएको कारागार प्रमुख सोनकरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार