मंगलमपाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १९:४३:६
२२ साउन, काठमाडौं । नेपालको अग्रणी पाइपतथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत (साउन १३ गते) शुक्रबार रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार-१८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेका थिए।
उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव दिने उदेश्यले उक्तकार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ ।
उक्त अवलोकन भ्रमणमा मंगलमपाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो । उक्त अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तरक्रियात्मक कार्यक्रमको साथ समापन गरिएको थियो।
अवलोकनको बारेमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने , “यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ। हाम्रा उपभोक्ताहरुको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै हाम्रा डिलरहरु हुन्। आफ्नो महत्त्वपूर्ण समय निकालेर अवलोकन गर्न आइदिनु भएकोमा उहाँँहरुलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । उहाँँहरुको सक्रिय सहभागिताले हामीलाई भविष्यमा पनि यस्तो अवलोकन कार्यक्रम आयोजना गर्न हौसला मिलेको छ र पक्कै पनिहामी यस्ता कार्यक्रमहरु आयोजना गर्दै जानेछौँ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार