कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापनमा चुक्दै स्थानीय सरकार
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार २२:३५:५२
२२ साउन, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा, गोरुसिंगे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरालगायत चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान देखिन्छन् । कपिलवस्तुको दशवटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन् ।
छाडा चौपाया दिनभरि सडकमा हिँड्ने र राति खेतबारीमा किसानले लगाएको बाली खाने गर्नाका साथै सडकमा यात्रा गर्नेले समेत समस्या भोग्नु परेको जनगुनासो छ । खेतमा लगाइएको धानबाली जोगाउन रातभरि जाग्राम बस्नुपर्ने किसान बताउँछन् ।
सडकमा हुने अधिकांश सडक दुर्घटना छाडा चौपायाकै कारण हुने गरेको जिल्ला ट्राफिक कार्यालयका सहायक प्रहरी निरीक्षक ज्ञनेन्द्र शर्माले बताए । पशु चौपाया सडकमै बस्ने भएकोले रातको समयमा बढी दुर्घटना हुने गरेकाले दिगो व्यवस्थान गर्न उनले आग्रह गरे। किसानले आफ्नो खेतबारी जोगाउन अनेक उपाय अपनाए पनि छाडा चौपायाले खेतमा पस्ने भएकाले बाली जोगाउनै मुस्किल हुने गरेको शिवराज नगरपालिका– ३ का सलिम खाँनले बताए ।
स्थानीय तहको निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनको मुद्दा जोडतोडले उठ्यो । उम्मेदवारले पनि छाडा चौपाया व्यवस्थापनलाई नै प्रमुख एजेन्डा बनाए । निर्वाचित भएपछि ठूलो रकम खर्च पनि भयो तर छाडा चौपायाको समस्या अहिले पनि जस्ताको त्यस्तै छ ।
मधेश मानव अधिकार गृहका पूर्वअध्यक्ष रवि ठाकुरले भने पालिकाले चौपायाको व्यवस्थापन गर्नुपर्छ । चुनावी नारा बनाएको उम्मेदवारले चौपाया व्यवस्थापनको लागि ठोस् कदम चाल्नुपर्नेमा उनले जोड दिए। पालिकाले दीगोरूपमा व्यवस्थापन नगरेका कारण पशु चौपाया व्यवस्थापन चुनौतीकोरुपमा देखिएको छ। छाडा चौपायालाई थन्क्याउने होइन, कम्पोस्ट मलको स्रोतका रुपमा पनि प्रयोग गर्नुपर्ने हाम्रो योजना रहेको महाराजगन्ज नगरपालिका प्रमुख अब्दुल कलामले बताए। पशुचौपायाको व्यवस्थापनका लागि महाराजगन्जमा गौशाला निर्माण भइरहेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार