गाईवस्तु पालनमा अग्रसर हुदैँ महोत्तरीका किसान
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार १८:५१:४०
२४ साउन, महोत्तरी । गाईवस्तु पाल्न नसक्ने टुंगो गरेर घरका पशुवस्तु हटाएका महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका किसान दीपनारायण चौधरी थारूले यसपालि फेरि एउटा कोरली गाई (वयस्क हुँदै गरेकी बाछी) र एउटा बहर (वयस्क हुँदै गरेको बाछा) जोडे।आवश्यकताले हलगोरु नै चाहिएको भए पनि अहिले आर्थिक अवस्थाले नदिएपछि थारूले एक÷एकवटा कोरली र बहर जोड्नु भएको हो ।
गाउँघर वरपर खेतबारी जोत्न ट्र्याक्टर चल्न थालेपछि करिब दुई दशकअघि थारूले एक÷एक गरेर घरका पशुवस्तु हटाउँदै गएका थिए । “जसले पनि खेतबारी जोत्न ट्र्याक्टर लाउन थाले, अनि वस्तु पाल्न चरणदेखि जनशक्तिको पनि अभाव हुन थाल्यो र हटाएको थिएँ”, ६५ वर्षीय थारू भन्छन्, “अब फेरि गर्न गोरुमै फर्कन पर्नेजस्तो भयो, त्यसैले एउटा कोरली र बहर जोडी राखेको हुँ ।”
पछिल्ला दिनमा इन्धनको मूल्यमा छिनछिनमा उतारचढाव हुँदा जोताइको लागत बढ्दै जानु, मल (रासायनिक मल) भनेको÷चाहिएको बेला नपाइनु र सांस्कृतिक परम्परा (घरमा एउटा गाई हुनुपर्ने हिन्दू परम्परा) थेग्न नै पनि निम्न मध्यम वर्गीय किसान फेरि गाईवस्तु जोड्न लागेका हुन् । आर्थिक अवस्थाले हलगोरु नै जोड्न सक्नेले हल नै बाँध्दैछन् । कति निम्नवर्गीय किसान छिमेकका दुईजना मिलेर एक÷एकवटा गोरु किनेर पालो मिलाई खेती चलाउन थालेका छन् । धेरैजसो केही वर्षपछि घरमै हल जोड्ने धुनले कोरली गाई किनेर भविष्यको मीठो सपना साँच्दैछन् ।
“घरमा एउटा मात्र गाई छ भने भोलि बहर दिने आश हुन्छ, घर लिपपोत गर्न गोबर खोज्न अन्त धाउनु पर्दैन”, भङ्गाहा–४ पलारका गरिब किसान अनुठी सिंह दनुवार भन्छन्, “त्यसैले अहिले दुईवर्षे कोरली ल्याएको छु, आघौँ त पक्का थप बाछाबाछी पनि पाइने आश बढ्छ ।” घरमा एक÷दुईवटा गाईवस्तु पालिएका छन् भने तिनले खाएर मिल्किएको घाँस र ओछ्याइने सेउलामा गहुँत र गोबर मिसाएर कम्पोष्ट मल बनाएर करेसाबारीमा हाले सधैँभरिको मलको हाहाकारबाट पनि राहत मिल्ने दनुवारको भनाइ छ ।
जिल्लाको बर्दिबास–७ जुरेटोल बनराका किसान जागेश्वर यादव र वीरेन्द्र यादवले रैथाने गाई नै गोठमा एक सयको हाराहारीमा पु¥याउनु भएको छ । “हेर्नोस्, मेरा त माउ गाई, बहर, कोरली र साना बाछाबाछी गरेर गोठमा एक सय १० पुगी सकेछन्”, ६० वर्षीय जागेश्वर यादवले भने, “यसपालि नयाँ वर्ष लागेयता नै बहर र कोरली बेचेर नै लगभग तीन लाख आम्दानी भएछ । ” जेर (बथान) मा बस्ने रैथाने गाईले दूध कम दिने भए पनि यिनको दूध अत्यन्त गुणकारी र स्वादिष्ट हुनाले बजारको भन्दा बढी मूल्यमा गोठमै बिक्ने गरेको जागेश्वरको भनाइ छ ।
जागेश्वरकै छिमेकी वीरेन्द्रकै गोठमा पनि करिब एक सयको हाराहारीमा गाईवस्तु छन् । रैथाने गाई यहीँकै हावापानीमा जन्मीहुर्की बढेका हुँदा रोग कम लाग्ने र चरणबाट अघाउने हुन्छन् । हिउँद लागेपछि खेतबारी मल्न टाढा टाढाबाट बथान ल्याइदिन बढी जग्गा हुने किसानले बोलाउने गरेका वीरेन्द्र बताउछन् । हिउँदमा बर्दिबासतिरको जंगलमा घाँस पातलिने हुँदा दक्षिणी भेगमा धान काटिएका खेतमा चरण पनि हुने, बथान राखी दिएबापत थप नगद पनि पाइने र गाई चरुवाको खानपान व्यवस्थापन पनि गोठ राखिने खेतकै किसानले दिने भएपछि झन् सजिलो हुँदै आएको वीरेन्द्रको भनाइ छ ।
पछिल्ला केही वर्षयता हुँदै आएको मलको हाहाकारले पनि किसान फेरि गाईवस्तु जोड्न लागेका हुन् । मल आफैँ बनाउन सकिने र चाहेका बेला खेत जोत्न अरूको मुख ताक्नु नपर्ने भएकाले फेरि गाईवस्तु पाल्न थालिएको रामगोपालपुर नगरपालिकाको महनपुरका किसान कादिर हुसैन बताउछन् । “ट्र्याक्टरले चाँडै जोतिने भनेर गाईवस्तु पाल्न झन्झट बुझ्यौँ, समयक्रममा ट्र्याक्टरको भाडा निकै बढ्दै गएको र भनेको चाहिएको बेला नपाइने भएपछि बिस्तारै खेतीका लागि गोरुमै फर्कन लागिएको हो”, कादिर भन्छन्, “अनि ट्र्याक्टरले खेतका छेउकुना पनि भेट्दैन, गोरुले कुनाकुना जोत्न सकिन्छ, त्यसैले अहिले फेरि गोरु किनेर ल्याइयो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार