मधेस प्रदेशमा विद्युत् चुहावट घट्दै
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार २०:४४:५५
२४ साउन, जनकपुरधाम । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८÷७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेकाे छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो । आर्थिक वर्ष २०७७÷७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट भएकामा आर्थिक वर्ष २०७८÷७९ मा १४ दशमलव १७ प्रतिशत चुहावट झरेको विद्युत् प्राधिकरणको जनकपुरधामस्थित प्रादेशिक कार्यालयले जनाएको छ ।
आर्थिक २०७८÷७९ मा सबैभन्दा बढी सिमरौनगढ वितरण केन्द्रले नौ प्रतिशत, सिरहाको लिहान वितरण केन्द्र, धनुषाको यदुकाहा वितरण केन्द्र र महोत्तरीको जलेश्वर वितरण केन्द्रले आठ÷आठ प्रतिशत तथा सिरहाको मिर्चैया वितरण केन्द्रले चार प्रतिशत विद्युत् चुहाबट नियन्त्रण गरेको उक्त कार्यालयका प्रमुख ई मुनिन्द्र ठाकुरले जानकारी दिए ।
उनका अनुसार सिमरौनगढ वितरण केन्द्रले ५० दशमलव ७१ प्रतिशतबाट ४१ दशमलव चार प्रतिशतमा, लहान वितरण केन्द्रले ३३ प्रतिशतबाट २५ प्रतिशतमा, यदुकहा वितरण केन्द्रले ३४ दशमलव ७३ प्रतिशतबाट २६ दशमलव ३४ प्रतिशतमा, जलेश्वर वितरण केन्द्रले ४३ प्रतिशतबाट ३५ प्रतिशतमा र सिरहाको मिर्चैया वितरण केन्द्रले सात दशमवल छ प्रतिशतबाट चार दशमलव ८० प्रतिशतमा विद्युत् चुहावट झारेको छ ।
विद्युत् चुहाबटको दृष्टिकोणले सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१÷४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५÷३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको उक्त कार्यालयले जनाएको छ । औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको जनाइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार ९६७ ग्राहकमाथि कारबाही गर्दा रु छ करोड ६४ लाख ३२ हजार ८५८ महसूल संकलन भएको थियो ।
चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार ७९० जनालाई पक्राउ गरी कारबाही गरिएको थियो । यस्तै मधेस–प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २६ हजार ५५३ ग्राहकको विद्युत् लाइन काटिएकामा २१ हजार ४८८ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु ८४ करोड ६७ लाख २४ हजार १५८ बक्यौता असूली भएको छ ।
विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढ्ेकाले विद्युत् लाइन काटने अभियान चलाइएको प्रमुुख ठाकुरको भनाइ थियो । महसुल संकलनको हिसाबले आर्थिक वर्ष २०७८÷७९ मा मधेस–प्रदेशमा सबैभन्दा बढी धनुषाको यदुकाँहा वितरण केन्द्रले १०४ प्रतिशत, सप्तरीको कञ्चनपुर वितरण केन्द्रले १०० प्रतिशत, सर्लाहीको मलङगवा, लालबन्दी र रौतहटको मौलापुर वितरण केन्द्रले १०१ प्रतिशत र जनकपुरधाम वितरण केन्द्रले ९९ दशमलव ९९ प्रतिशत विद्युत् महसुल संकलन गर्न सफल भएको थियो ।
आर्थिक वर्ष २०७८÷७९ मा मधेस–प्रदेशमा एक अर्ब ९१ करोड युनिट अर्थात १७ अर्ब ३१ करोड मूल्य बराबरको विद्युत् बिक्री हुँदा रु १५ अर्ब ७७ करोड महसुल संकलन भएको थियो । मधेस प्रदेशमा विद्युत्का नौ लाख ८३ हजार २३ ग्राहकमध्ये ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत ग्राहस्थ ग्राहक रहेका थिए । मधेस प्रदेशका पहाडी भेगका केही बस्ती बाहेक करिब ९९ दशमलव ९८ प्रतिशतमा विद्युत् सेवा पुगिसकेको छ, भने बाँकी स्थानमा पनि विद्युत् जडानको काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार