चितवनमा आँखाका ३५ नानी संकलन, तिलगङ्गा पठाउने तयारी
नेपालबहस संवाददाता
साउन २५, २०७९ बुधबार २२:२६:२७
२५ साउन, चितवन । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी संकलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो । अस्पतालले विसं २०७४ बाट आँखाको नानी संकलन तथा प्रत्यारोपण सुरु गरेको हो ।
कार्यक्रम हेर्दै आएकी छायाँ श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उनका अनुसार आँखा दानका लागि ८४१ जनाले मरणोपरान्त आँखा दान गरेका छन् । विगतमा कोरोनाका कारण नानी संकलन कार्य प्रभावित भएको भए पनि पछिल्लो दिनमा धेरै नानी संकलन हुन थालेको उनको भनाइ छ । संकलित नानी ४५ वर्षदेखि ९९ वर्ष उमेर समूहको रहेका छन् ।
अस्पतालमा कर्निया रोग विशेषज्ञ डा. पुष्पा गिरीको नेतृत्वको टिमले आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । गिरीका अनुसार प्रत्यारोपण गरिएका बिरामीमध्ये आधा भारतीय हुन । सम्पर्कमा आएका सबैको प्रत्यारोपण गरिएको नानीले राम्रो काम गरेको छ । भारतीय बिरामी पुनः परीक्षणका लागि कम मात्रै आउने भएकाले सबैको अवस्था थाहा नभएको उनको भनाइ छ ।
गिरीका अनुसार मानिसको मृत्यु भएको आठ घण्टाभित्र आँखाको नानी सङ्कलन गर्न सकिन्छ । उनले भनिन “मृत्युभएपछि जति छिटो नानी सङ्कलन गर्न सकियो त्यति नै राम्रो हुन्छ ।” आँखा दान भनिए पनि आँखा पूरै ननिकालेर केवल आँखाको बाहिरी भागमा हुने पातलो नानी मात्रै निकाल्ने उनले बताइन।
डा. गिरीले भनिन, “अझै पनि मानिसलाई पूरै आँखा निकालिन्छ भन्ने भ्रम छ, त्यस्तो होइन, आँखाको पातलो झिल्ली ‘नानी’ मात्रै निकाल्ने हो ।” नानी निकालेपछि पुनः कृत्रिम नानी राखेर पहिलेको जस्तै अवस्थामा राखिन्छ ।
यहाँ सङ्कलन गरिएको नानी नेपाल आँखा बैंक तिलगङ्गा काठमाडौं पठाउने गरिएको छ । तिलगङ्गामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्ने उनको भनाइ छ । आँखा दान गर्न चाहने व्यक्तिले जुनसुकै समयमा सम्पर्क गर्न सक्नेछन् । आँखा बैंक स्थापनाका लागि जिल्लाका समाजसेवी भीमराज पाठकले रु एक करोड ५० लाख उपलब्ध गराएका । सो रकमबाट आँखा बैंक स्थापना गर्ने तयारीमा अस्पताल लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार