अब पाटन नगरपालिकामा महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार १५:११:५३
♦ सीपी लोहिया
२६ साउन, बैतडी । बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ ।
‘योजनाको अधिकम लाभग्राही महिला नै हुन्छन् । खानेपानी, बाटो, बर्थिंग सेन्टर जे बनाए पनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन् । त्यसैले निर्माणको जिम्मेवारी समेत उनीहरूलाई दिँदा काम भरपर्दो हुन्छ । यसका साथै महिला इमान्दरीताका साथ काम गर्छन्,’ उनले भने ।
उपभोक्ता समिती गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने बोहराले बताए । नगरपालिका भित्र संचालन गरिने हरेक आयोजनाको काम प्रभावकारी ढंगले सम्पन्न गर्न पहल गर्ने उनले बताए ।
चैत मसान्त मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपझोक्ता समितिलाई भुक्तानी नदिने समेत उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
इजरायली चार बन्धक रिहाको बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार