सात सय ‘घरमा एक घर एक धारा’
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार १८:५०:५९
२६ साउन , बलेवा । खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा खानेपानीको पहुँच पुर्याइने भएको छ । यसका लागि बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा ‘एक घर एक धारा’ कार्यक्रम अगाडि बढाइएको छ । सात सय घरधुरी रहेको वडामा झण्डै पाँच सय घरमा ‘एक घर एक धारा’ संचालनमा आइसकेको गाउँपालिकाले जनाएको छ । साविक दगातुम्डाँडा गाविस वडा नं ६, ७, ८ र ९ वडामध्ये ८ र ९ वडामा खानेपानी योजना सम्पन्न भएको छ ।
साविकका वडा नं ६ र ७ मा पनि पानी पुर्याउने काम अन्तिम चरण पुगेको छ । बडिगाड गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सँगको सहकार्यमा घर घरमा पानी पुर्याउने अभियान चलिरहेको हो । नेवाले ८ र ९ मा काम सम्पन्न गरिसकेको छ भने वडा नं ६ को हाँडीखोलामा यसै महिनादेखि काम सुरु गरेको छ । साविकको ६ र ७ मा गण्डकी प्रदेशको बहुवर्षे कार्यक्रम अन्र्तगत खानेपानी आयोजना संचालनमा छ ।
जिमस्सक्न्यार, लफरे सिरसिरे र राक्से बडहरे खानेपानी अयोजनाको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । हाँडीखोला खानेपानी अयोजनामा कामको सुरुआत भएको छ ।
निर्माण सम्पन्न भएका उक्त आयोजनाको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले उद्घाटन गरेपछि पानी वितरण सुरु भएको छ । जिमी सक्न्यार खानेपानी आयोजनाबाट ३ विद्यालयसहित १२७ धारा, लफरे सिरसिरे खानेपानी अयोजनाबाट ५९ धारा र राक्से बडहरे खानेपानी अयोजनाबाट ६० धारा निर्माण गरी साविक वडा नं ८ र ९ का सबै घरधुरीमा खानेपानी पुगेको नेवाका सामाजिक प्राविधिक कुशल थापाले जानकारी दिए ।
उनका अनुसार जिमी सक्न्यार खानेपानी आयोजनामा नेवाको ६२ लाख, गाउँपालिकाको २९ लाख ३९ हजार ४१२, स्थानीयवासीको तीन लाख ९९ हजार सहयोग र २९ लाख बराबरको जनश्रमदान गरी कूल एक करोड २४ लाख ३८ हजार ४१२ मा सम्पन्न भएको हो । बडिगाड वडा नं १ बेतनीमा खानेपानी मुहान रहेको सो आयोजनामा १२ वटा खानेपानी ट्यांकी निर्माण गरिएको छ,भने २६ हजार ९११ मिटरमा खाने पानि पाइप विछ्याइएको छ ।
यस्तै, नेवाको २९ लाख ३४ हजार ५७३ बडिगाड गाउँपालिकाको पाँच लाख ८३ हजार ७२९, स्थानीयवासीको एक लाख ५६ हजार ६०० र जनश्रमदान १३ लाख ६ हजार २६० गरी कूल ३८ लाख ११ हजार १६२ लागतमा लफरे सिरसिरे खानेपानी आयोजना समेत सम्पन्न भएको छ । लफरे सिरसिरे खानेपानी अयोजनाको मुहान वडा नं १ को सिरसिरेमा रहेको छ,भने चारवटा ट्यांकी निर्माण गरी ५९ धारामा खानेपानी पुर्याइएको छ ।
त्यस्तै, १५ लाख ९९ हजार २२२ नेवा, बडिगाडको पाँच लाख, समुदायको दुई लाख ३६ हजार र जनश्रमदान चार लाख ९१ हजार ७०५ गरी कूल २८ लाख २६ हजार ९२७ को लागतमा राक्से बडहरे खानेपानी आयोजना सम्पन्न भएको छ । बडहरेमा मुहान रहेको उक्त खानेपानी आयोजनाको लागि चारवटा ट्यांकी निर्माण गरिएको छ । जसबाट ६० धारामा खानेपानी पुगेको छ । राक्से बडहरे खानेपानी आयोजनाको लागि सात हजार ५६० मिटर लामो पाइपलाईन निर्माण गरिएको छ ।
साविक दगातुम्डाँडा गाविस– ६ र ७ का चार सय घरधुरी लाभान्वित हुने गरी प्रदेश सरकारमार्फत खर्वाङ दनियाँ लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको समितिका अध्यक्ष डिप्लोमा खरेलले बताए । सबै काम सकिएको र सिओडी मेसिन जडानपछि पानी वितरण गरिने छ । तर, उक्त लिफ्टिङ अयोजनाले साविकको वडा नं ६ हाँडिखोलालाई समेटेको छैन । जसको लागि नेवाले हाँडिखोलामा खोपानी अयोजना निर्माण गर्न पहिलो चरणको सबैको काम सकिसकेको छ । बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले बडिगाड– २ मा खानेपानी आयोजना सम्पन्न भए पनि यसले पालिकाको ‘एक घर एक धारा’ कार्यक्रमलाई सफल बनाउने काम गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार