सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार १९:५२:३७
२६ साउन, चितवन । चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधा सम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । सिजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीनदिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको हो ।
वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन पाउने मलले जनाएको छ । वार्षिकोत्सवको अवसरमा मलमा आउने ग्राहकका लागि गिफ्टको समेत व्यवस्था गरिएको मलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)उज्वल केसीले जानकारी दिए । तेस्रो वार्षिकोत्सवको अवसरमा मलमा भव्य कार्यक्रम गरी प्रमुख अतिथिको हातबाट केक पनि काटिने सीओओ केसीको भनाइ छ ।
शहरभित्रको सहर नाराका साथ सञ्चालन भइरहेको सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसर पारेर मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरेको छ । पछिसम्म चल्ने मनसुन अफर अन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरुले आकर्षक छुट दिनेछन् ।
ग्राहकले मलप्रति दर्शाएको स्नेहबाट उत्साहित हुँदै उनीहरुलाई बेग्लै किसिमको अनुभव दिन भव्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागेको केसीको भनाइ छ । केसीका अनुसार सिजी ल्यान्डमार्क चितवनमा विश्व विख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने एक मात्र गन्तव्य हो । यहाँ सुविधा सम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभाहल लगायतका सुविधा उपलब्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार