प्रेमगन्जको लिरिकल गीत सार्वजनिक
नेपालबहस संवाददाता
साउन २७, २०७९ शुक्रबार २३:१६:९
२७ साउन, काठमाडौं । रिलिजको दिन नजिकिँदै गर्दा फिल्म ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । गीतका शब्द मात्र राखी सार्वजनिक ‘फेरि भेट होला नहोला’ बोलको गीतले विछोड भएका प्रेमी प्रेमिकाको भाव समेटेको छ ।
सार्वजनिक गीतमा कृष्णहरि बरालका शब्दलाई गैरे सुरेशले संगीत दिएका छन् । गीतमा स्वेच्छा ठकुरी र प्रबिन बेडवालको स्वर रहेको छ ।
भदौ ३ लाई प्रदर्शन मिति तोकेको फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । प्रेमकथा श्रेणीमा बनेको फिल्ममा तेज गिरि, बेनिशा हमाल, ,राइडर प्रशन , सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ ।
चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरको मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेका छन् ।
अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् । चलचित्र भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ । योसँगै फिल्म युरोपका ४४ देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।
अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ । फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार