स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो
नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार १८:१२:५८
३० साउन, वालिङ । साउनको अन्तिम सोमबार आज स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना त्यसमा पनि आज विशेष दिन भएकाले शिवालयमा पूजा आराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । महादेवले हिमालय पुत्री पार्वतीलाई बोकेर हिँड्दै गर्दा शेष रहेको अङ्ग पतन भएको र भावविह्वल भएर त्रिशुल प्रहार गरी पानी निस्किएको ठाउँ छायाँ क्षेत्र मन्दिर (छाङ्छाङ्दी) मा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका–४ को उक्त मन्दिरमा दर्शनका लागि टाढा टाढाबाट दर्शनार्थी आउने गरेका छायाँ क्षेत्र शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताए । “सोमबारका दिन पूजा आराधना गर्नाले मनोकामना पूरा हुने विश्वास रही आएको छ”, उनले भने, “मनले चाहेको वर माग्दा पुग्ने धार्मिक विश्वास र सिद्धार्थ राजमार्गसँगैको धार्मिकस्थल भएकाले यातायातको सहज पहुँचले दर्शनार्थीको भीड हुने गरेको छ ।”
मन्दिरमा भीड हुने गरेका कारण टाढाटाढाका दर्शनार्थीहरु अघिल्लै दिन आएर पनि बिहानै दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा स्याङ्जासहित पोखरा, पाल्पा, बुटवल, चितवन, बाग्लुङ, पर्वत, तनहुँबाट दर्शनार्थी आउने अध्यक्ष श्रेष्ठले बताए । वृद्ध अशक्तलाई निःशुल्क तथा अन्यलाई द्रूत सेवावापत रु एक सय लिएर छिटो दर्शन गर्ने व्यवस्था समितिले मिलाएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका–६ मा अवस्थित केलादीधाम, गल्याङ नगरपालिका–१ मा अवस्थित रामनदीधामस्थित शिवालय, गल्याङ ११ मा रहेको हुँगीघाट, स्याङ्जा, गुल्मी र पर्वतको सङ्गमस्थल सेतीवेणीमा अवस्थित सेतीवेणी शीला, पुतलीबजार ४ गुढीखोलाको चम्पागिरी सन्यास आश्रमलगायत शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार