वर्षौंदेखि खरखरे पहिरोको सास्ती भोग्दै मर्स्याङ्दी गाउँपालिका र मनाङवासी
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार १८:५९:३९
३१ साउन, लमजुङ । बेसीशहर नगरापालिका-६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । हिउँद महिनाका जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले यातायात ठप्प हुन्छ । २०४७ सालमा घनपोखरा निवासी खगेन्द्रजङ गुरुङ र खुदी निवासी शेरबहादुर भण्डारीको नेतृत्वमा बेसीशहर खुदी सडक निर्माण सुरु भएको थियो ।
सोही वर्ष बेसीशहर(खुदीसम्मको कच्ची सडक तयार भइ यातायात सञ्चालन भयो । स्थानीयवासी आफ्नो गाउँ ठाउँमा यातायात चलेकोमा खुसीले गदगद भए । तर, उक्त खुसी धेरै समय टिक्न पाएन । सोही सालको बर्खामा खरखरेमा ठूलो पहिरो गएर बर्खाभरि यातायात रोकिए । यसरी खरखरे पहिरोले यातायात ठप्प हुनेक्रम प्रत्येक वर्ष उही नियति भोगिरहनु परेको छ ।
खरखरे पहिरो रोकथाम र सडक दिगो बनाउने कुरामा यहाँका सरोकारवाला निकाय ३२ वर्षसम्म के हेरेर बसेका छन् स्थानीयवासीले प्रश्न गरिरहेका छन् । केन्द्रीकृत राज्यव्यवस्थाले तल दूरदराजको समस्या देखेन भनेर संघीय व्यवस्थामा देश गयो । संघ, प्रदेश र स्थानीय सरकारले काम गर्न थालेको पनि ६ वर्ष भइसक्यो । अझैसम्म यी कसैको पनि नजर खरखरे पहिरोमा जान सकेन ।
प्रत्येक निर्वाचनमा यही बाटो देखाएर सबै पार्टीका चुनावी मसला बनाइन्छ तर स्थायी समाधान गर्ने विषयमा किन दलहरू सम्बेदनशील छैनन ? भनी प्रश्न गर्छन् मर्स्याङ्दी गाउँपालिका-९ का भद्रमोहन थापा । सबैभन्दा ठूला र धेरै जलविद्युत आयोजना उत्तरी लमजुङमै पर्छन् र यही मार्ग भएर जानुपर्छ ।
आयोजनाका ठूला र वजनदार मेशिन, गाडीहरू समेत यही बाटो भएर लैजानुपर्छ । ती ठुला गाडीहरू सजिलोसँग दोहोरो पास हुनेगरी स्तरीय सडक निर्माण गर्ने आयोजनाको योजनामै हुन्छ । तर, यी आयोजनाहरूले किन सडक मर्मतसम्म पनि गर्दैनन् रु थापा भन्छन् २०२४ सालमा त्रिशुली देवीघाट जलविद्युत आयोजनाले काठमाडौंको बालाजुदेखि दोलखा देवीघाटसम्मको सडक निर्माण गरेर आयोजना पूरा गरेको थियो ।
सडक, पुल निर्माणका लागि आयोजनाले बजेटमै राखेको हुन्छ । तर, यहाँका आयोजनाले यो बजेट कहाँ खर्च गर्यो रु स्थानीय सरकार, सरोकारवाला, नागरिकले खोज्नुपर्दैन उनी प्रश्न गर्छन् रु मर्स्याङ्दी-९ को वडाअध्यक्ष हरिशचन्द्र थापा, मर्स्याङ्दी(३ का अध्यक्ष दुधमान तामाङ र बेसीशहर नगरपालिका-६ का अध्यक्ष प्रकाश थापासहितको टोलीले केही दिन अगाडी बाटोको विषयमा मर्स्याङ्दी गाउँपालिकाको कार्यालय र बेसीशहर नगरपालिकाको कार्यालयमा डेलीकेसन गएका छन् । अब पर्यटनको सिजन र चाडबाडको समय आएकाले छिटोभन्दा छिटो सडक मर्मत गरेर सञ्चालन गर्न माग राखेको अध्यक्ष थापाले बताए ।
पहिरोले गाडी रोकिएपछि उत्तरी लमजुङ र मनाङका व्यापारीको सामान लैजान समेत पाएका छैनन् । स्थानीयबासीका दैनिक उपभोग्य वस्तु लैजान पनि धेरै कठिनाई परेको छ । वर्षा रोकिएपछि सामान्य मर्मत गरेर हिउँदभरि यातायात चलाउने काम मात्रै हुँदै आइरहेको छ । तर, दिगो संरचनासहितको सडक निर्माण गर्ने कुरामा अझै योजना बनेको छैन । सडक डिभिजन कार्यालयले बेसीशहर चामे सडक फराकिलो बनाउने, नाली बनाउने काम गरिरहेको छ ।
बेलाउती बिसौनाबाट मर्स्याङ्दीमा पुल हालेर लेते लैजाने र फेरि अर्को पुल हालेर मलेबगरमा जोड्ने योजना सडक डिभिजन कार्यालयको रहेको छ । यो काम कहिलेसम्म सम्पन्न हुने हो अझै अन्योल छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार