‘वल्के’ पर्वको चहलपहल सुरु
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार २२:४२:४०
३१ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जेठो पर्वका रूपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढी आसपासमा क्षेत्रमा पनि आजदेखि सुरु भएको छ ।
भाद्र संक्रान्ति अर्थात भाद्र १ गतेका दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । संक्रान्तिका दिन मनाउने यो पर्वको तयारीका लागि प्रत्येक घरका गृहिणीलाई विभिन्न प्रकारका पकवान पकाउने सामग्री किनमेल गर्न भ्याइनभ्याई छ । धनगढी बजारका विभिन्न चोक–चौकामा सामान किन्नेको ठूलो भीडभाड देखिन्छ ।
गाउँ घरतिर टोल–टोलमा स्थानीयवासी कुटानी–पिसानीका लागि मिल धाउने काममा व्यस्त देखिन्छन् । यो पर्व सुरु भएसँगै वर्षा सकिने र हिलोमैलो पखालिने भन्दै घर–आँगन सरसफाइ गर्ने, लुगाफाटा धुनेलगायतका क्रियाकलापमा घरपरिवारका सदस्य जुटेका छन् । काम विशेषले तथा अध्ययन गर्न घरबाहिर रहेका पनि चाड मनाउन आ–आफ्ना घर फर्किन थालेका छन् ।
रोजगारीका लागि छिमेकी राष्ट्र भारतका ठूला सहर पसेका पनि पहिलो चाड भएकाले घरमै मनाउने भन्दै नेपाल भित्रिन थालेका छन् । यस चाडका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनको रूपमा दूध, दही र पिँडालुको कलिलो पात अर्थात ‘गाभा’, हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा रहिआएको धनगढी–२ पुरानो भन्सार कटानका स्थानीयवासी कृष्णराज जोशीले बताए । पर्वमा विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बाबर, गतानी डुब्का, बटुक मासे माणालगायतका स्थानीय खानाका पकवान पकाएर खुवाउने र खाने प्रचलन छ ।
परम्परागत भाषामा ‘गोरस, सितन’ अर्थात गाईभैँसीको दूध, दही जसका घरमा छैन त्यो घरमा गोरस भएकाले दूध, दही, मही बाँड्ने चलन गाउँघरतिर रहेको छ । “सुदूरका केही पहाडी जिल्लामा त यस चाडमा भंगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्ग्याई रमाइलो गर्ने चलनसमेत रहेको छ”, जोशीले भने, “यसरी पिसेर लगाइएको भंगेरीको लेदोबाट बर्सातको समयमा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने विभिन्न छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने जनविश्वास छ ।”
चाडमा गाउँघरका युवकयुवतीका दौँतरी समूह समूहमा जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोकलयमा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । सहर बजारका युवकयुवतीका दौँतरी भने केही फरक किसिमबाट मनाउने गरेको पाइन्छ । उनीहरु साथी दौँतरीसँगको समूह बनाई धार्मिक तथा पर्यटकीय स्थल घुमघाममा जाने गरेको पाइन्छ ।
पछिल्लो समय भने यो पर्वको महत्व तथा विशेषताका बारेमा पाको उमेरका मानिसहरु जानकार रहे पनि नयाँ पुस्ताका युवकयुवतीमा भने आजभोलि यो चाडले खासै प्राथमिकता पाउन नसकेको अर्का स्थानीयवासी भक्तराज ओझा बताउछन् । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउँ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ । पर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते अर्थात भोलि सार्वजनिक बिदा दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार