यसरी जाँदैछ नेपालको अर्थतन्त्रमा डरलाग्दो पहिरो
नेपालबहस संवाददाता
भदौ ३, २०७९ शुक्रबार २२:५३:१३
१ भदौ, काठमाडौं । मुलुकको आयातले कुनैपनि देशको समग्र अर्थतन्त्र कुन दिशामा गईरहेको छ भन्ने संकेत गर्दछ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८.७९ को वार्षिक तथ्यांङकले नेपालको अर्थतन्त्र पातालतर्फ धसिंदैछ भन्ने एउटा गम्भीर संकेत गरेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गर्दै आएको ब्रोड इकोनोमिक क्लासिफिकेशनले नेपालको सम्पूर्ण आयातलाई तीन भागमा बाँडी आयात कुन कार्यका लागि भईरहेको छ भन्ने तथ्यांङक प्रकाशित गर्दै आएको छ ।
आर्थिक वर्ष २०२०.२१ मा औद्योगिक कच्चापदार्थ ( वर्गीकरणको भाषामा इन्टरमिडियट कन्जम्सन)को आयात नेपालको कुल आयातको ५३.४ रहेको थियो ।
तर सो आँकडामा आर्थिक वर्ष २०२१.२२ मा त्यसमा ह्रास आई ५२ प्रतिशतमा झरेको छ । यसैगरी पुँजी निर्माणमा उपयोग हुने मशिनरी लगायतको आयात आर्थिक वर्ष २०२०.२१ मा कुल आयातको १२.१ प्रतिशत रहेकोमा सो आयात आर्थिक वर्ष २०२१.२२ मा १०.१ प्रतिशतमा झरेको छ ।
यो आँकडाले नेपालमा औद्योगिक क्रियाकलापहरु सुस्त हुँदै गएको र यही प्रवृत्ति कायम रहेमा भविष्यमा अर्थतन्त्र गहिरो खाडलतर्फ धकेलिने संकेत गरेको छ । उता मुलुकको कुल आयातमा अन्तिम उपभोगको हिस्सामा भारी वृद्धि भएको छ ।
आर्थिक वर्ष २०२०।२१ मा अन्तिम उपभोग्य वस्तुहरुको आयातको हिस्सा कुल आयातमा ३४.५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२१।२२ मा ३७.९ प्रतिशत पुगेको छ । यो आँकडाले विदेशबाट तयारी मालवस्तुको आयात बढिरहेको, औद्योगिक कच्चापदार्थ तथा मशिनरीको आयात घटिरहेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात हुने
मंसिर १८, २०८१ मंगलबार