वालिङ क्याम्पसको वेथिति छताछुल्ल, दोहोरो सुविधा लिने यी हुन् ११ प्राध्यापक, क्याम्पसमा आर्थिक संकट
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार १९:२७:१४
♦प्रदीप कोइराला
२ भदौ, स्याङ्जा । शिक्षा नियमावलीको धज्जी उडाउँदै स्याङ्जा जिल्लाकै पुरानो वालिङ बहुमुखी क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरुले पहुँच र पदको दुरूपयोग गरेर एकै समयमा दुई संस्थामा त्यो पनि पूर्ण दरबन्दीमा रहेर दोहोरो सुविधा खाएको विषय यतिबेला वालिङमा चर्चाको विषय बनेको छ ।
सरकारी र अर्ध सरकारी संस्थाहरूमा पूर्णरूपमा दरबन्दीमा रहेर एकै समयमा दुई संस्थामा नियुक्ति लिएर दोहोरो सुविधा लिने प्राध्यापकलाई हटाउन सञ्चालक समितिमा विषय प्रवेश भएको थियो । सोही विषयलाई लिएर एकजना संचालक समितिका सदस्यले आफ्नो सामाजिक संजालमा क्याम्पसको वेथिती र आर्थिक संकट आइपर्नुमा दोहोरो सुविधा प्रमुख कारण रहेको उल्लेख गरेका थिए ।
शिक्षा नियमावलीमा दोहोरो सुविधा लिन नपाइने उल्लेख छ । नियमावली विपरित वालिङ क्याम्पसका ११ जना प्राध्यापकले दोहोरो सुविधा लिने गरेका छन् । दोहोरो सुविधा मात्र होइन दशैं भत्तावापतको रकम पनि दुबै संस्थाबाट लिने गरेको तथ्य खुलेको छ ।
दोहोरो सुविधा लिने प्राध्यापकहरुमा यामवहादुर कुँवर, छविलाल अर्याल, तेजवहादुर आले, तोयानाथ कोइराला, गोपालधन सुवेदी, पदमपानी काफ्ले, विनोद खनाल, अमृत खनाल, टोलप्रसाद लुईटेल, खेमराज देवकोटा, चिरञ्जीवी अर्याल लगायत छन् । उनीहरु सबै सरकारी विद्यालयका प्रधानाध्याकदेखि स्थायी शिक्षक हुन् । एकजना देवकोटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
लामो समयसम्म कोभीडको कारण क्याम्पस बन्द भएको, अनावश्यक आर्थिक भारका कारण यतिबेला वालिङ क्याम्पस झण्डै साढे दुई करोड घाटामा रहेको छ । क्याम्पसको यथार्थ संचालन घाटा र दोहोरो सुविधावापत प्राध्यापकहरुले खाइपाइ आएको सुविधा समेत हामीले क्याम्पस प्रशासनसँग माग गरेर उनीहरुको फोटो र कार्यरत विद्यालयको विवरणसहित सार्वजनिक गर्ने छौ ।
क्याम्पस भित्र राजनीतिक आडमा यी प्राध्यापकहरुले दोहोरो सुविधा लिने गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । दोहोरो सुविधाको विषयमा विगतमा पनि कुरा उठेपनि राजनीतिक संरक्षणकै आडमा प्राध्यापकहरुको हालीमुहाली यथावत रहेको उनीहरुको भनाइ छ । दोहोरो सुविधा लिने प्राध्यापक नहटाउँदासम्म क्याम्पसको आर्थिक र शैक्षिक सुधान नहुने उनीहरुको दावी छ ।
क्याम्पस सञ्चालक समितिका सदस्य प्रकाश अर्यालले आफ्नो सामाजिक संजाल फेसवुकमा वालिङ क्याम्पसको विषयमा यसरी आफ्नो धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार