वेकरिज द केक सपको आउटलेट काठमाडौंको शंखमुलमा खुल्याे
नेपालबहस संवाददाता
भदौ २, २०७९ शुक्रबार ०:२०:३६
२ भदौ, काठमाडौं । ई–आर्थिक, काठमाडौं । झापाको बिर्तामोडमा यसअघि सञ्चालनमा आएको ‘वेकरिज द केक सप’ को उद्योग र आउटलेट काठमाडौंमा पनि खुलेको छ । युवा उद्यमीहरुको लगानीमा काठमाडौंमा खुलेको उक्त उद्योग र आउटलेटमा ५० लाखको हाराहारीमा लगानी गरिएको छ।
यो सपमा चर्चित युवा व्यवसायीद्वय दिपेन्द्र राउत र सञ्जय महासेठले सञ्चालनमा ल्याएका हुन । काठमाडौंको शंखमुलमा खोलिएको उक्त सपको उद्घाटन चर्चित गायक प्रमोद खरेलले गरेका छन् । ‘फ्रेन्चाइज’ अवधारणामा सञ्चालनमा ल्याइने ‘वेकरिज द केक सप’ को यो पहिलो आउटलेट हो ।
आउटलेटसँगै स्थापना गरिएको उद्योगमा उत्पादित सामाग्रीहरु अन्य आउटलेटमा उपलब्ध गराउने सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए । हाल काठमाडौं उपत्यकाका मूख्य चहलपहल भएका विभिन्न स्थानमा खोलिने आउटलेटलाई पुग्ने क्षमताका आधुनिक मेसिनहरुद्वारा केकजन्य सामाग्री उत्पादन गरिने सञ्चालक राउतले बताए । ‘तत्काल काठमाडौंमा ५० सम्म आउटलेटलाई धान्ने क्षमताका पूर्वाधार र जनशक्ति हामीले तयार गरेका छौं ।’ सञ्चालक राउतले भने– ‘आवश्कता अनुसार उद्योगको क्षमता र जनशक्ति थप्दै लगिनेछ ।’
पछिल्लो समय बर्थ डे, म्यारिज एनिभर्सरी लगायत सबै अवसरहरुमा केकको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा गुणस्तरीय र ब्राण्डेड केक उपभोक्तामाझ पु¥याउने अवधारणबाट यो केक सपको स्थापना गरिएको छ । ‘नेपालमा केकको बास्तविक स्टैण्डर्डराइजेशनको पहिचान हामी दिंदैछौं ।’ सपका अर्का सञ्चालक सञ्जय महासेठले भने– ‘हामीले उत्पादन गर्ने केकको ब्राण्डलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) बाट प्रमाणित गर्दैछौं ।’ यस्तो गुणस्तरीय ब्राण्डेड केकलाई काठमाडौं उपत्यकाभित्र अर्डर भएको १ घण्टामै डेलिभरिको व्यवस्था समेत मिलाइएको सञ्चालक महासेठले जानकारी दिए । केक प्रयोगको क्षेत्र र डिजिटल माध्यम प्रयोगको क्षेत्रमा ठूलो ग्याप उनले बताए ।
यो दुई क्षेत्रको देखिएको लामो ग्यापलाई शून्य पार्ने गरी केक अर्डरमा आफूहरुले भरपुर डिजिटल प्रविधि प्रयोगमा ल्याइएको सञ्चालक महासेठले जानकारी दिए । काठमाडौंमा तत्कालै २० वटा आउटलेट स्थापना गर्ने र त्यस लगतै पोखरा, नेपालगञ्ज र हेटौडामा सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक महासेठले सुनाए ।
‘वेकरिज द केक सप’को ब्राण्डेड केक प्रयोगले अवसरहरुलाई थप उल्लासमय बनाउन मद्दत पुग्ने विश्वास यो सपका सञ्चालकले लिएका छन् । यो सपले ‘वी सेलेब्रेट युयोर ह्यापीनेस’ स्लोगन तय गरेर सेवा सुरु गरेको हो । ‘वेकरिज द केक सप’ मा वेकरी सम्वन्धी सम्पूर्ण परिकारहरु उपलब्ध हुनेछन् । यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्चप्राथमिकतामा राखेको जनाएको छ ।
उक्त सपमा ‘टिक टक’ प्रेमीहरुलाई लक्षित गरी फोटो तथा भिडियो सूटको लागि उत्कृष्ट डेकोरेसनको समेत व्यवस्था गरिदिएको छ । यसैबीच काठमाडौं गैह्रीगाउँ निवासी महेन्द्र कार्कीले आजै परेको जन्मदिन सोही सपमा मनाएका छन् ।
‘वेकरिज द केक सप’ले कफी बनाउने (बारिस्टा) को तालिम समेत चाँडै थाल्ने जनाएको छ । वारिष्टा कफि स्कूलमा भने विदेश जाने तथा स्वदेशमै स्वरोजगार वन्न कफि तालिम लिन चाहनेहरुका लागि लक्षित हुनेछ । वेसिक १५ दिने र एडभान्स ३५ दिने कफि बनाउने तालिम उपलव्ध गराउने सञ्चालक राउतले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार