फरक शैलीमा ‘ढाका फेस’ ब्युटी प्याजेण्टको आयोजना हुने
नेपालबहस संवाददाता
भदौ २, २०७९ शुक्रबार ३:२४:२१
२ भदौ, इटहरी । फेसन शो आयोजना गर्ने कम्पनहरु मध्ये अगाडि आउने नाम हो ढाका इभेन्ट । २०७५ सालदेखी संचालनमा आएको यो इभेन्ट कम्पनिले थुप्रै फेसन शो तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । ढाकाले नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’को आयोजना गरेको थियो ।
जसमा नेपालका चर्चित मोडल तथा अभिनेत्रीहरु परमिता राणा, अस्मि श्रेष्ठ, करुणा श्रेष्ठ, सबिता कार्की सृजना रेग्मी लगायतलाई सहभागी गराइएको थियो । मोडलहरुले पन्चेबाजामा र्याम्प गरेका थिए भने डोलिमा बसेर समेत शो गरिएको थियो ।
ढाका इभेन्टले ढाका ब्राइडल रनवेसंगै ‘ढाका रनवे युथ’, ‘दसै मेला’, ‘मिलानो रनवे’, ‘ढाका रनवे’, ‘ढाका एनिभर्सरी रनवे’ लगायत शो हरु आयोजना गर्दै आइरहेको छ भने नेपालका टप डिजाइनरहरुलाई ढाकाले आफ्नो शोहरुमा समावेश गर्ने गरेको छ । जुन ढाका इभेन्टको सिरिजको रुपमा प्रत्येक वर्ष नयाँ(नयाँ ढङ्गले आयोजना गर्नेगर्छ ।
सुजु पाण्डे र रिस्सत रहमान संचालक रहेको ढाकाले फेसन शो मात्रै हैन विवाह, ब्रतबन्द प्लानिङ लगायतका ब्यवस्थापनको कार्यहरु समेत गर्दै आइरहेको छ । छोटो समयमा आफुलाई उत्कृष्ट र सफल सावित गरेको ढाकाले गएको महिना मात्रै काठमाडौको क्लब फरेनहाइटमा ‘मिलानो रनवे’ फेसन शोको आयोजना गरेको थियो । जसमा अभिनेता आकाश श्रेष्ठ शो टपरको रुपमा प्रस्तुत भएका थिए ।
यस्तै केही अघि यो कम्पनीले ‘ढाका रनवे’ आयोजना गरेको थियो । ढाका रनवे युवा सशक्तीकरणलाइ प्राथमिकता दिएर कर्पोरेट लेभलको कार्यक्रम तथा फेसन शो को आयोजना गरिएको हो । विभिन्न एनजिओ तथा आइनजिओका पदाधिकारीहरुको समेत सहभागीतामा आयोजना भएको ढाका रनवे मा ढाकाको गुन्यु चोलोलाई आधुनिक तवरले डिजाइन गरेर प्रस्तुत गरेर मोडलहरुले प्रस्तुत गरेका थिए ।
यो रनवेको शो टपरको रुपमा मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र अभिनेता निस्चल बस्नेत रहेका थिए । अब भने यो कम्पनीले फरक शैलीमा सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको छ । ‘ढाका फेस’ नाम दिइएको यो प्रतियोगिता फरक र बृहत तवरले आयोजना गर्न लागिएको ढाकाका संचालक सुजु पाण्डेले बताइन् ।
यो सौन्दर्य प्रतियोगिताको बिजेतालाई आयोजकले भरपुर अवसरको प्रदान गर्ने बताइएको छ । ‘ढाका फेस’का लागी चाडैं काठमाडौको विभिन्न स्थानमा अडिसन गर्न लागिएको छ । साँस्कृतिक मुल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्बोधन र प्रबर्धन गर्ने उद्देश्यले ढाका फेसको अवधारणा ल्याइको र ढाका नेपालको राष्ट्रिय पहिरन समेत रहेको हुनाले ढाकालाई प्राथमिकता दिएर कम्पनीको नाम र हरेक कार्यक्रममा ढाका जोडिएको आयोजक पाण्डेको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार