छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार १८:५०:३७
७ भदौ, भक्तपुर । भक्तपुरमा जारी छैठौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा पुगेका छन् । एभरेष्ट इंगलिस स्कुल मिवाछेँ ब्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलबाट सैनिक, ज्ञान निकेटन, युनिक, ज्ञान निकेटन, तिरुपति र इनोभेटिभले फाइनलय यात्रा तय गरेका हुन् ।
सिनियर ब्वाइजतर्फ सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरले हिमालय स्कुल काठमाडौं, ज्ञान निकेटन स्कुल काठमाडौंले इनोभेटिभ स्कुल काठमाडौंलाई हराएर फाइनल यात्रा तय गर्न सफल भएको हो । यस्तैं जुनियर ब्वाइजतर्फ ज्ञान निकेटनले न्यातापोल स्कुल भक्तपुर, युनिक स्कुल काठमाडौंले हिमालय स्कुल काठमाडौँलाई पराजित गरी फाइनलमा प्रवेश पाएको हो । गल्सतर्फ तिरुपतिले हिमालय र इनोभेटिभले सैनिकलाई हराएर फाइनलमा प्रवेश पाएको हो ।
प्रतियोगिताको फाइनल खेल भोलि मंगलबार हुनेछ । मंगलबारको फाइनल खेल सिनियर ब्वाइजतर्फ सैनिक र ज्ञान निकेटन, जुनियर ब्वाइजतर्फ ज्ञान निकेटन र युनिक र गर्ल्सतर्फ तिरुपति र इनोभेटिभबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विजयी टिमहरूलाई भोलि मंगलबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ । आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेण्डसिप फष्ट र कप्यिटसन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जनाए ।
स्कुलहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले पनि प्रतियोगिता गर्दै आएको उनले जनाए । प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलहररुबाट सहभागी भएको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार