कार्यसम्पादन करार सम्झौता अब कानुनी रुपमा संस्थागत
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार १९:१८:१८
७ भदौ, काठमाडौं । कुनै पनि सार्वजनिक पदमा बसेका पदाधिकारीहरुको कार्यसम्पादन नतिजामुखी र प्रभावकारी बन्नका लागि पहिलो सर्त हो, ‘आफ्नो कामकाबारेमा गहिरो जानकारी र त्यसको श्रृंखलाबद्ध कार्यान्वयन योजना ।’ तर, हामीकहाँको समस्या यस्तो छ की ‘सार्वजनिक पदमा बसेकाहरुलाई आफ्नो काम र त्यसको समयअवधि र प्राथमिकताबारेमा नै बेखबर हुन्छन् ।’
अर्को समस्या हो, जवाफदेहीता र उत्तरदायित्वको अभाव । तत्कालीन अमेरिकी व्यवस्थापनविद् एफ. डब्लु टेलर भन्छन्, ‘कति समयमा, कुन प्रक्रियाबाट, कति जनशक्ति र लगानीमा काम गर्ने रु कुनै पनि सार्वजनिकपदमा बसेकाहरुसँग यसको उत्तर साथमा हुनुपर्छ ।’
नेपालको सार्वजनिक पदमा बसेकाहरुको समस्या पनि यही हो । यही समस्यालाई मध्यनजर गर्दै तत्कालीन गृह सचिव प्रेमकुमार राईले आर्थिक वर्ष ०७५/०७६ मा एउटा अवधारणा अघि सारे, ‘कार्य सम्पादन करार सम्झौता ।’अर्थात् आफूले वर्षभरी गर्ने कामको श्रृखला र योजनाबद्ध कार्यान्वयन प्रक्रियाको विवरण । हरेक सार्वजनिक पदमा बसेकाहरुले आफूभन्दा माथिल्लो अधिकारीसँग ‘वर्षभरी आफूले गर्ने कामको वैज्ञानिक र योजनाबद्ध विवरणको सूची’तयार पारेर सम्झौता गर्ने ।
सार्वजनिक पदमा बसेकाहरुको कार्य सम्पादनलाई प्रभावकारी र नजितामुखी बनाउने उद्देश्यसहित उनले अघि सारेको अवधारणालाई आमप्रशासन क्षेत्रमा लागु गराउन सामान्य अवस्थामा सजिलो थिएन । तर त्यसबेला भयो सजिलो । हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन गृह सचिव राईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मसिनो र गहिरो गरी बुझाए । तत्कालीन प्रधानमन्त्री ओली सहमत भए ।
आर्थिक वर्ष ०७५/०७६ मा सुशासन ऐनलाई टेकेर कार्य सम्पादन करारको सुरुवात निजामति सेवामा पनि सुरु भयो । त्यसको एक बर्षपछि ०७६/०७७को बजेट वक्तव्यमार्फत ओली सरकारले नै त्यसलाई नियमावलीमा भएको व्यवस्थाभन्दा अझ व्यापक रुपमा लागू गर्ने घोषणा गरियो । प्रधानमन्त्रीले मन्त्रीहरुसँग, मन्त्रीले सचिवसँग र मन्त्रालयका सचिवले सहसचिव र महानिर्देशकसम्मलाई कार्यसम्पादन करार सम्झौताको थालनी भयो ।
अब कानुनी रुपमा संस्थागत
तत्कालीन गृहसचिव राईले ०७५/०७६ सुरु गरेको कार्यसम्पादन करार सम्झौता अब कानुनी रुपमा नै संस्थागत भएको छ । गत ३ असार २०७९ मा बसेको मन्त्रीपरिषद बैठकले ‘सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९’ स्वीकृत गरेसँगै यो कानुनी रुपमा संस्थागत भएको हो । सुशासन ‘व्यवस्थापन तथा सञ्चालन’ ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले यो निर्देशिका बनाएको हो ।
यो कानुनी रुपमा संस्थागत भएसँगै यसले नजितामुखी कार्यसम्पादनको लागि यो महत्वपूर्ण हुने मुख्य सचिव शंकरदास वैरागीले बताएका छन् ।
गत २४ साउन २०७९ मा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले गरेको अन्तरक्रियाकार्यक्रममा सरकारका मुख्यसचिव वैरागीले कार्यसम्पादन करार निर्देशिका कानुन रुपमा लागु भएको उल्लेख गर्दै नजितामुखी काम र सुशासनको लागि यो महत्वपूर्ण हुने बताएका थिए । मुख्यसचिव वैरागीले तत्कालीन गृह सचिव राईले थालनी गरेको यो संस्थागत बनेको भन्दै खुसी पनि व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार
दुई तिहाईको सरकारले अध्यादेश होईन, संसदबाट विधेयक ल्याउनुपर्छ : नेता एनपी साउद
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार