कामपाको फोहोर व्यवस्थापन लागी अनुगमन समिति गठन गर्ने निर्णय
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार १९:२४:१५
७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सहजीकरण गर्नेगरी सहजीकरण तथा अनुमगन समिति बनाउने निर्णय भएको छ ।
सहरी विकास मन्त्री मेटमणि चौधरीको समन्वयमा सोमबार बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।समितिमा काठमाडौ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू समेत सम्मिलित रहने छन् ।
समिति गठनबारे जानकारी दिँदै कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल फेसबुकमा अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक रहेको बताएका छन् । उनले फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको पनि जानकारी दिएका छन्।
यसबाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् र दीर्घकालीन हल खोज्न उनले आग्रह पनि गरेका छन् । समितिले सम्झौता बमोजिमका कामहरू समयमा गर्न तीनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार