सैनामैनाको पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार १९:४५:२९
मोहम्मद हबिब
७ भदौ, भैरहवा । सरकारसँगको तीन बुँदे राजनीतिक सहमति विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेको, एमसीसी, भ्रष्टाचार र महँगीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिक परेको छ । कार्यकर्ताबाहिर नदेखिए पनि सडकमा बिहानैदेखि सवारीसाधन निकै पातोलो चलेका थिए ।
बिहानी समूहमा पढाई हुने कलेज विद्यालय बन्द भए भने सार्वजनिक यातायातका सधान पनि न्यून थिए । दिउँसो सञ्चालन हुने विद्यालय र क्याम्पसमा पनि पठनपाठन भएनन्ब । निजी सवारीसाधन जस्तै मोटसाइकल, चारपाङ्ग्रे गाडी फाटफुट चलेका छन् । बन्दको सदुपयोग ईरिक्साले व्यापक रुपमा गरिरहेका छन् ।
रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले अहिलेसम्म अप्रिय घटना नभएको र बन्दकर्ता पनि सडकमा नदेखिएको बताए । सैनामैनामा शंकास्पद बस्तु फेला परेको छ । सैनामैना नगरपालिकालिका–११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।
रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको एसपी रेग्मीले बताए । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने एकिन भएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई यसबारे जानकारी गराएको उनको भनाइ छ ।
भैरहवाको मिलनचोक, देवकोटा चोक, बुद्धचोक सधैँजसो व्यस्त हुने ठाउँ पनि सुनसान छन् । प्रहरीले समेत सुरक्षा कडा पारेको छ । भित्री सडकहरुमा सवारीसाधन चलेका छन् भने पसलहरू पूर्णरुपमा खुलेका छन् । विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले संयुक्त विज्ञप्ति निकालेर आज नेपाल बन्दको आह्वान गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
ट्रम्पको शपथ ग्रहणमा भारतबाट विदेश मन्त्री एस जयशंकर जाने
पुष २८, २०८१ आइतबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार