कांग्रेसले ७७ जिल्लामा खटायाे केन्द्रीय प्रतिनिधि, कुन जिल्ला को खटिए ? [ सूचीसहित ]
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार २१:३०:५४
७ भदौ, काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । तर, मंगलबारसम्म कांग्रेसले सर्कुलर जारी गरेको छैन ।
पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले केन्द्रीय सदस्य जितजंग बस्नेतलाई काठमाडौं, अम्बिका बस्नेतलाई भक्तपुर, नानु बास्तोलालाई ललितपुर, शंकर भण्डारीलाई लमजुङ, देवेन्द्रराज कँडेललाई गुल्मी जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।
केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ । ‘पार्टीले दिएको जिम्मेवारीअनुसार १० भदौंदेखि काठमाडौंमा कांग्रेसको पोजिसन, कमीकमजोरी, संगठन सुदृढीकरण अभियानमा लाग्नेछु,’ बस्नेतले भने ।
कुन जिल्ला को खटिए ? [ सूचीसहित ]
ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा
पाँचथर : प्रदीपकुमार सुनुवार
इलाम : महेन्द्रकुमारी लिम्बु
झापा : डिला संग्रौला
संखुवासभा : उमेशजंग रायमाझी
तेह्रथुम : लक्ष्मी परियार
भोजपुर : भीम पराजुली
धनकुटा : राजीव ढुंगाना
मोरङ : ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी : अमृत अर्याल
सोलुखुम्बु : कल्पना चौधरी
खोटाङ : तारामान गुरुङ
ओखलढुंगा : लक्ष्मी खतिवडा
उदयपुर : बलबहादुर केसी
सप्तरी : आनन्दप्रसाद ढुंगाना
सिरहा : महेन्द्रकुमार राय
धनुषा : नगिना यादव
महोत्तरी : मञ्जु खाँण
सर्लाही : दिनेशकुमार यादव
रौतहट : अजयकुमार चौरासिया
बारा : रमेश रिजाल
पर्सा : पद्मनारायण चौधरी
दोलखा : शान्ति परियार
रामेछाप : हरिशरण नेपाली
सिन्धुली : दिलमान पाख्रिन
रसुवा : राजेन्द्र केसी
धादिङ : मदनकृष्ण श्रेष्ठ
नुवाकोट : मदनबहादुर अमात्य
सिन्धुपाल्चोक : बहादुरसिंह लामा
काभ्रे : रमा कोइराला
चितवन : श्यामकुमार घिमिरे
मकवानपुर : उमेश श्रेष्ठ
भक्तपुर : अम्बिका बस्नेत
ललितपुर : नानु बास्तोला
काठमाडौं : जीतजंग बस्नेत
गोरखा : ध्रुव वाग्ले
लम्जुङ : शंकर भण्डारी
तनहुँ : सुरेन्द्रराज पाण्डे
कास्की : प्रदीप पौडेल
मनाङ : गुरु बराल
मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत : चम्पादेवी खड्का
स्याङजा : चिनकाजी श्रेष्ठ
म्यादी : दिनेश कोइराला
बाग्लुङ : अब्दुल सतार
नवपुर : सरस्वती अर्याल
नवलपरासी : मानबहादुर नेपाली
रुपन्देही : योगेन्द्र चौधरी
कपिलवस्तु : चन्द्रबहादुर केसी
पाल्पा :अब्दुलरञ्जाक
अर्घाखाँची : गोविन्दराज पोखरेल
गुल्मी : देवेन्द्रराज कँडेल
रुकुम पुर्व : धना खतिवडा
रोल्पा : मैकुलाल बाल्मीकी
प्युठान : जावेदा खातुन जागा
दाङ : गोपाल दहित
बाँके : दिपक गिरी
बर्दिया : गेहेन्द्र गिरी
रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे
सल्यान : सीता देवकोटा
जुम्ला : रंगमति शाही
मुगु : कान्तिका सेजुवाल
कालिकोट : जानकी सिंह
जाजरकोट : सिताकुमारी राना
दैलेख : राजीवविक्रम शाह
सुर्खेत : सञ्जयकुमार गौतम
बाजुरा : अर्जुनजंगबहादुर सिंह
बझाङ : गोविन्दबहादुर शाह
डोटी : नृपबहादुर वड
अछाम : रणबहादुर रावल
दार्चुला : यज्ञराज जोशी
बैतडी : रमेश लेखक
डडेलधुरा : ईश्वरी न्यौपाने
कञ्चनपुर : रामजनम चौधरी
कैलाली : एनपी साउद
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार
माघेसंक्रान्ति मेलाको तयारी अन्तिम चरणमा
पुष २८, २०८१ आइतबार
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पुष २८, २०८१ आइतबार