मोरङमा दुई समूहबीच झडप हुँदा १० जना घाइते, कोशी र न्युरोमा उपचार हुँदै
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार १७:१२:४८
८ भदौ, विराटनगर । मोरङको मल्हन्वामा दुई समूहबीच झडप हुँदा १० जना घाइते भएका छन् । मङ्गलबार साँझ दुई पक्षबीच झडप हुँँदा १० जना घाइते भएका छन भने घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
कुटाकुट हुँदा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् । उनीहरू राजवंशीको समूहका हुन् ।
विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ । कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँझपख जितनारायण राजवंशी र राजीव राजवंशी बजारबाट घरतर्फ फर्कंदै थिए । राजकुमारको घरअगाडि जम्काभेट हुँदा दुई पक्षबीच विवाद सुरु भएको थियो । स्थानीय र प्रहरीले दुवैलाई सम्झाएर पठाएका थिए । तर, फेरि लाठी लिएर भेला भई दुवै पक्षबीच कुटाकुट भएको हो ।
केही दिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले स्थानीय बालकलाई ठक्कर दिएको विषयमा युवा समूहबीच विवाद सुरु भएको डीएसपी श्रेष्ठले बताएका छन् । त्यो घटनामा दिनेशमाथि कुटपिट भएको थियो
प्रहरीका अनुसार साँझपख जितनारायण राजवंशी र राजीव राजवंशी बजारबाट घरतर्फ फर्कंदै थिए । राजकुमारको घरअगाडि जम्काभेट हुँदा दुई पक्षबीच विवाद सुरु भएको थियो । स्थानीय र प्रहरीले दुवैलाई सम्झाएर पठाएका थिए । तर, फेरि लाठी लिएर भेला भई दुवै पक्षबीच कुटाकुट भएको हो ।
केही दिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले स्थानीय बालकलाई ठक्कर दिएको विषयमा युवा समूहबीच विवाद सुरु भएको थियो । त्यो घटनामा दिनेशमाथि कुटपिट भएको थियो । घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार