नाइजेरियामा द्रुत गतिमा कुपोषण बढ्दो
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार १८:५४:११
भदौ ८, काठमाडौं। संयुक्त राष्ट्रसङ्घले नाइजेरियामा निकै द्रुत मात्रामा कुपोषणको मात्रा बढ्दै गएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले हालै एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो ।
खासगरी नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कुपोषणका बालबालिकाको संख्या विगतका तुलनामा बढेकाले सो क्षेत्रमा उपचारका साथै आवश्यक पोषण तत्वको उपलब्धताका लागि संयुक्त राष्टसंघले आग्रह गरेको छ ।
सन् २०२१ को यो अवधिका तुलनामा यस वर्षको सुरुका सात महिनामा कुपोषित हुने बालबालिकाको संख्या निकै ठूलो सङ्ख्यामा बढेको पाइएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएको छ ।
सो क्षेत्रमा अहिले नै कम्तीमा पनि ४० लाख मानिसलाई खाद्यान्नको अभाव भएको छ । साथै यो वर्षभरिमा सो क्षेत्रमा ८० लाख मानिसलाई खाद्यान्न अभाव हुने अनुमान गरिएको पनि बताइएको छ ।
सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय निकायहरु समेत गरी अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु गरी ११४ ले खाद्यान्न लगायतका मानवीय सहायताका सामग्रीहरु वितरण गर्दै आएका छन् ।
अझै पनि सो क्षेत्रमा खाद्यान्नको अभाव रहेको पाइएको पनि समाचारमा जनाइएको छ । खाद्यान्न एवं अत्यावश्यकीय मानवीय आवश्यकताका वस्तुहरुको यहाँ दिन प्रतिदिन खाँचो बढ्दै गएको पनि पाइएको छ ।
नाइजेरियामा आन्तरिक द्वन्द्व एवं खडेरीका कारण केही वर्ष यतादेखि समस्या उत्पन्न हुदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार