राष्ट्रपतिको भूमिकामाथि देउवा र ओलीको फरक मत, दुई विधेयक अघि बढाउने विषयमा भएन सहमति
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार १९:१६:८
८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनःविचारका लागि फिर्ता पठाएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मत बाझिएको छ । विपक्षी दलका नेताले असहमति जनाएपछि टीआरसी र नागरिकता सम्बन्धमा तयार भएका दुई विधेयक अगाडी बढ्नेमा संका उब्जिएको छ ।
बुधबार बिहान बालुवाटारमा भएको देउवा–ओली भेटवार्ताका क्रममा उनले संविधानअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्न फिर्ता पठाएको जिकिर गरेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विधेयकका सम्बन्धमा जिम्मेवारीपूर्वक अघि बढ्न पनि आग्रह गरेका छन् ।
उनले अहिले आएर संसद् सकिने बेलामा टीआरसी विधेयक ल्याउनु गलत भएपनि विधेयक अगाडि बढाउने, टीआरसीलाई टुंगोमा पुर्याउने कुरामा एमालेको सहयोग रहने बताए । ओलीले गठबन्धन सरकारले पीडितहरूलाई यातना दिइरहेको समेत जिकिर गरे ।
उनले भने,‘त्यो अन्तर्राष्ट्रिय कमिटमेन्ट, सर्वोच्च अदालतको फैसला र पीडितहरू छन्, यता दुवै पक्षद्वारा पीडित सुरक्षाका परिवार छन् । माओवादीद्वारा पीडित छन् । सरकारद्वारा पीडित छन् । त्यसमा मुख्य पक्ष भनेको तपाईं हो । हामी सहयोग गर्न तयार छौँ । त्यहीअनुसारको व्यवहार हुनुपर्याे । अहिले पीडितहरूमाथि लाठी प्रहार गरिरहनुभएको छ । यातना दिइरहनुभएको छ । संसद्ले यी कुराहरूमा ध्यान दिएर टुंगोमा पुर्याउनुपर्छ ।’
ओलीले विधेयक फिर्तापछि सत्ता गठबन्धनले गरेको निर्णयप्रति असन्तुष्टि समेत जनाए । एमाले उपाध्यक्ष सुवास नेम्वाङका अनुसार ओलीले संसद्मा छलफल गर्नुपर्ने विषयमा बालुवाटारमा बसेर छलफल गर्नु गलत भएको बताएका थिए ।
‘नागरिकतासम्बन्धी विधेयकमा हामीले छलफल ग¥यौँ । पछि संसद्ले पास गर्याे । राष्ट्रपतिजीले आफ्नो चिन्ता र सरोकार देखाएर त्यसलाई पुनर्विचार गर भन्नुभयो । त्यो संविधानबमोजिम राष्ट्रपतिको कदम थियो । त्यो राष्ट्रपतिको कुरा हो । त्यसलाई त त्यहीअनुरूप लिनुपर्छ । सत्ता गठबन्धनको त्यो देखिएन । नेताहरूले सार्वजनिक रूपमा भाषण गर्नुभयो, ओलीले भनेका थिए ।,
यता, प्रधानमन्त्री शेरबहादुर देउवाले भने मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवाले ती विषय सत्ता गठबन्धनमा समेत राख्ने भन्दै सरकारले गम्भीर रुपमा लिएर अघि बढ्ने बताएका थिए । देउवा–ओलीबीच करिब दुई घण्टा छलफल भएको थियो । भेटमा एमाले अध्यक्ष ओलीले सरकारले संसद्मा अघि बढाएको नागरिकता विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत धारणा राखेका थिए । त्यस्तै, बजारमा बढ्दो महँगी नियन्त्रणमा समेत सरकारले भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
भेटमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए । सरकारले चुनावको मिति घोषणा गर्नेबेला परामर्श नलिएको गुनासो गर्दै आएको एमालेसँग प्रधानमन्त्री देउवाले मिति नजिकिँदै जाँदा त्यसबारे छलफल गरेका हुन् ।
सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको निष्कर्ष ननिस्किएका बेला देउवा–ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गठबन्धनको सिट बाँडफाँटसम्बन्धी बैठक बुधबारै साँझ ५ बजे पुनः बस्दैछ । देउवाको निमन्त्रणामा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । – तस्वीर ओलीको सचिवालय
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार