अनुसन्धान प्रभावकारी बनाउन २५ हजार सीसीटीभी थप्नुपर्छः प्रहरी महानिरीक्षक
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार २०:५३:५६
८ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उपत्यकामा बढ्दो अपराध नियन्त्रण गर्न धेरै खालका प्राविधिक समस्याहरु भोग्न प्रहरी संगठन बाध्य भएको बताएका छन् । उनले काठमाडौं उपत्यकामा मात्रै २५ हजार सीसीटीभी थप्न आवश्यक रहेको बताएका छन् ।
प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी रहेको र अपराध अनुसन्धान गर्न त्यो अपुग भएको बताए ।
अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन उपत्यकामा २५ हजार क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) थप्नुपर्ने आइजीपी सिंहले बताए । आर्थिक अपराध र साइबरसँग सम्बन्धित अपराध बढेको जानकारी दिँदै प्रहरी प्रमुख सिंहले साइबर सम्बन्धी मुद्दा काठमाडौंको अदालतमा मात्र सुनुवाई हुने हुनाले पीडित मर्कामा परेको दावी गरे ।
उनले दार्चुला र ताप्लेजुङमा साइबरबाट पीडित भएकाहरु पनि न्यायिक प्रक्रियामा काठमाडौं आउनुपर्ने हुनाले समस्या सिर्जना भएको भन्दै वटै जिल्ला अदालतमा साइबर अपराध विरुद्धको मुद्दा दर्ता गर्नेगरी ऐन संशोधन गरिनुपर्ने बताए ।
अनुसन्धान अधिकृतहरु आफ्नो अधिकार प्रयोग गर्न हिच्किचाउन पर्ने र जाहेरी आउनासाथ आरोपी पक्राउ गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको आइजीपी सिंहले बताए । उनले निर्धक्क र निर्भय भएर अनुसन्धान गर्न निर्देशन दिँदै जनतालाई न्याय दिनका लागि आफ्नो अधिकार प्रयोग गर्न हिच्किचाउन नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार