दक्षिण अफ्रिकामा बेरोजगारी दर ३३.९ प्रतिशत
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बिहिबार ४:३१:३८
८ भदौ, काठमाडौं। दक्षिण अफ्रिकाको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ३३.९ प्रतिशतमा झरेको छ। यो अघिल्लो त्रैमासिकको ३४.५ प्रतिशतको तुलनामा ०.६ प्रतिशत बिन्दुले कम हो ।
“यी नतिजाले सन् २०२२ को पहिलो त्रैमासिकदेखि २०२२ को दोस्रो त्रैमासिकको बीचमा छ लाख ४८ हजार रोजगारी सिर्जना भएको देखाउँछ,” तथ्याङ्कविद्–जनरल रिसेंगा मालुलेकले मङ्गलबार पछिल्लो त्रैमासिक श्रम शक्ति सर्वेक्षणबारे बताए । रोजगारीबाट सबैभन्दा धेरै लाभ सामुदायिक र सामाजिक सेवाहरू, व्यापार, वित्त र निर्माण क्षेत्रमा भएको छ । यसको विपरीत, उत्पादन र यातायातले रोजगारी गुमाएको सर्वेक्षणले देखाएको छ ।
दक्षिण फ्रिकाको १५ देखि ३४ वर्ष उमेर समूहका बेरोजगारको सङ्ख्या दोस्रो त्रैमासिकमा ४८ लाख पुगेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा २.० प्रतिशतले बढी हो । वरिष्ठ अर्थशास्त्री डेवी रूटले सिन्ह्वासँग बताएअनुसार महामारीको कारण भएको लकडाउनबाट मुक्त हुँदै गर्दा कम्पनीहरूले नयाँ कर्मचारीको भर्ना गरिरहेका छन् ।
उनले भने, “विगत दुई वर्षदेखि अर्थतन्त्र ठूलो लकडाउनबाट गुज्रिएको छ । अर्थतन्त्र राम्रो हुँदै गएको छ र कम्पनीहरूले थप मानिसहरूलाई रोजगार दिन थालेका छन् ।” “अवस्था सामान्य अवस्थामा फर्किरहेको छ । आगामी दुई त्रैमासिकमा हामी योभन्दा बढी गर्न सक्छौं तर यसका लागि आर्थिक वृद्धि पाँच प्रतिशतको दरलेहुनुपर्छ, रूटले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार