राष्ट्रपतिको राजीनामा आए पनि देशहीतकै लागि हो, भाग्नका लागि होइनः बास्कोटा
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १७:४५:२६
९ भदौ, काठमाडौं । नागरिकतासम्बन्धी विधेयक फिर्ताको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा प्रसंग चर्चामा रहेकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको किचेन क्याविनेटभित्र रहेका एमाले नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले यसलाई परमादेशीहरुको हल्ला भनेका छन् ।
राष्ट्रपति भण्डारीले नागरिकतासम्बन्धीको विधेयक पुनर्विचारका लागि संसदमै फिर्ता पठाएपछि फेरी जस्ताको त्यस्तै पारित भएर आएको हो । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएपछि मात्रै उनको राजीनामा दिने मूड भएको हल्ला फैलाएको आरोप नेपाली कांग्रेसमाथि लगाएका छन् ।
राष्ट्रपतिको पदीय भूमिकाबारे प्रधामन्त्री देउवा र अध्यक्ष ओलीबीच सहमति हुन नसकेपछि ओलीले एमालेसँग सहकार्य नगरी अगाडी गएमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने अवस्था पनि आउनसक्ने जानकारी गराएको विषयलाई नेपालबहस डटकमले बुधबार मध्यान्हमै यो समाचार बाहिर ल्याएको थियो ।
राष्ट्रपतिको राजीनामाबारे अध्यक्ष ओली निकट मानिएका नेता बास्कोटाले शैली नमिलाई सामाजिक सञ्जालमार्फत दोषारोपणको भाषा प्रयोग गर्दा पनि राजनीतिमा अर्थ राख्छ । विभिन्न मिडियामा कांग्रेसका नेतालाई उद्वृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिती बनाएको भन्ने समाचार आएपछि बास्कोटाले सामाजिक सञ्जाल मार्फत उक्त प्रतिक्रिय दिएका हुन् ।
‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ?,’ बास्कोटाले आज ट्वीटरमा लेखेका छन्, ‘नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललीपप होईन ।’
उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रियसभामा सहमति गर्न सकिने समेत बताएका छन् । ‘सत्तापक्ष राष्ट्रियसभाबाट सही सहमतीमा पुग्न तयार भए भैगो नि ! संसारका राष्ट्रपति देशहीतका लागि लडेको इतिहास छ, भागेको छैन,’ उनले लेखेका छन् ।
बास्कोटाले राष्ट्रपतिले असज र पदीय मर्यादामा आच आउने अवस्था आएमा राजीनामा दिन सक्ने आसय पनि देखाएका छन् । उनले राष्ट्रपतिको राजीनामा आएपनि देशहीतकै लागि हुने तर, देश छाडेर कतै नभाग्ने कुरा विश्वको इतिशासले पनि देखाएको दावी गरेका छन् । यसको अर्थ नेपालका राष्ट्रपतिले पनि राजीनामा दिनसक्ने तर, देश छाडेर कतै जान नसक्ने भन्ने हो । यसले राजीनामा प्रकरणलाई उचाल्न थप मद्त पुर्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार